काठमाडौं । लिट्मस केबल्सले इलेक्ट्रिसियनलाई लक्षित गर्दै लिट्मस केबल्सः इको वायर स्मार्ट वाचदेखि दुबईसम्मको यात्रा नामक सातमहिने राष्ट्रव्यापी योजना ल्याएको छ । कम्पनीका अनुसार लिट्मस केबल्सको इकोवायर जेडएच नेपालकै पहिलो शून्य हेलोजिन तार हो, जुन सुरक्षा सुधारका लागि विशेषरूपमा पिभिसी पोलिमरद्वारा बनाइएको हुन्छ । सोही कारण आगलागीको समयमा तारले हानिकारक धुवाँ र हेलोजनमुक्त ग्याँस कम गर्छ र वातावरणमैत्री बनाउँछ ।
योजनाअन्तर्गत इलेक्ट्रिसियनहरूले ५० कोइल्स किन्दा स्मार्ट वाच, सय कोइल्स खरिदमा ड्रिल मेसिन, तीन सय कोइल्स खरिदमा एयर कुलर, पाँच सय कोइल्सका लागि मुक्तिनाथको यात्रा अथवा मोबाइल र एक हजार कोइल्स खरिदमा टिभीलगायतका आकर्षक उपहार जित्ने अवसर पाउनेछन् । साथै १५ सय कोइल्स खरिदमा वासिङ मेसिन जित्ने मौका पाइनेछ र २५ सय कोइल्स खरिदमा अविस्मरणीय दुबई यात्राको अवसर पाउन सकिनेछ ।
योजनामा सहभागी हुन इलेक्ट्रिसियनहरूले इकोवायर जेडएच खरिद गरी कुपन नजिकैको लिट्मस केबल्सको डिलरमा आफ्नो नाम, ठेगाना, फोन नम्बर र जम्मा गरेको कुपन बुझाउनुपर्नेछ । अफर आगामी असार ३१ गतेसम्म रहने कम्पनीले जनाएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच