काठमाडौं । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगितामा सुदूरपश्चिम प्रदेशले लगातार तेस्रो जित हात पारेको छ । गण्डकी प्रदेशलाई १०८ रनले हराउँदै सुदूरले तेस्रो जित हात पारेको हो । तेस्रो जितसँगै सुदूरपश्चिम शीर्ष स्थानमा उक्लिएको छ । जितका लागि २०२ रनको प्रतिस्पर्धात्मक विजयी लक्ष्य पछ्याएको गण्डकी ३०.२ ओभरमा ९३ रनमा अल आउट भयो । गण्डकीका अश्विनी रानाले ६७ बलमा ४ चौकासहित २५ रन बनाउनुभयो । कमल परियारले २२ रन बनाउनुभयो ।
सुदूरका शेर मल्लले ८.२ ओभरमा १ मेडनसहित २३ रन खर्चेर ५ विकेट लिनुभयो । गजेन्द्र बोहराले २, भोजराज भट्ट, नरेन साउद र मिलन बोहोराले १-१ विकेट लिनुभयो । त्यसअघि सिद्धार्थ रंगशाला भैरहवामा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको सुदूर निर्धारित ५० ओभरमा २०१ रनमा अल आउट भएको थियो । सुदूरको जितमा किरण ठगुन्नाले ७३ बलमा ५ चौकासहित ६० रन बनाउनुभयो । नारायण जोशीले ५६ बलमा २ चौका र २ छक्कासहित ४६ रन बनाउनुभयो ।
एक समय ७२-६ को दयनीय अवस्थामा पुगेको सुदूरलाई खेलमा फर्काउन सातौँ विकेटका लागि नारायण र किरणले ७५ रनको साझेदारी गर्नुभएको थियो । यस्तै, सुदूरका नरेन १३, टेक रावत १५, राजु रिजाल १६ र शेर मल्लले १९ रन बनाउनुभयो । गण्डकीका विपिन खत्री र अंकित सुवेदीले ३-३ विकेट लिनुभयो । कमल परियार र अमृत गुरुङले २-२ विकेट लिनुभयो ।
सुदूरले यसअघि कर्णालीलाई १३४ रन र लुम्बिनी प्रदेशलाई ५ विकेटले हराएको थियो । गण्डकी भने कर्णालीसँग ७ विकेट र लुम्बिनीसँग ४ विकेटले पराजित भएको थियो । सुदूर तीन खेलमा ६ अंकका साथ शीर्षस्थानमा छ ।
एपिएफ स्तब्ध
मधेश प्रदेशले नेपाल एपिएफ क्लबमाथि पाँच विकेटको जित हात पा¥यो । जितका लागि २४७ रनको प्रतिस्पर्धात्मक विजयी लक्ष्य पछ्याएको मधेशले ४८ ओभरमा ५ विकेट गुमाउँदै पूरा ग¥यो । मधेशको जितमा रुपेश सिंह ७२ बलमा ४ चौका र ३ छक्कासहित ७२ रनमा नट आउट रहनुभयो । पवन सर्राफले ६६ बलमा ४ चौका र ५ छक्कासहित ६४ रन बनाउनुभयो ।
निरजले ७० बलमा ३ चौका र २ छक्कासहित ५२ रन बनाउनुभयो । हरिशंकर शाहले ८ रन, अनिलकुमार शाहले ५० बलमा २ चौकासहित २९ रन जोड्नुभयो । एपिएफका रमेश कुर्मी र रोहित पौडेलले समान दुई विकेट लिनुभयो ।
त्यसअघि टियु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको एपिएफले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २४६ रन बनाएको थियो । एपिएफका ओपनर आसिफ शेखले ६९ बलमा ५ चौका र ३ छक्कासहित ५९ बनाउनुभयो । कप्तान रोहित पौडेलले ७४ बलमा ५ चौका र २ छक्कासहित ५८ रन बनाउनुभएको थियो ।
सन्दीप जोरा २० रन, सुमित महर्जन ९ रन, अमरसिंह राउटेला ५७ बलमा २ चौका र ३ छक्कासहित ४९ रनमा नट आउट रहनुभयो । मधेशका स्पिनर प्रदीप पासवानले १० ओभरमा ३५ रन खर्चेर ३ विकेट लिनुभयो । रुपेश सिंहले ५ ओभरमा १ मेडनसहित ३१ रन खर्चेर ३ विकेट लिनुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच