काठमाडौं । लक्ष्मी सनराइज बैंक र अपर सेती हाइड्रो प्रालिबीच माथिल्लो सेती खोला जलविद्युत् आयोजनामा लगानी सम्झौता भएको छ । सेती हाइड्रोले कास्कीस्थित सेती नदीमा २० मेगावाटको माथिल्लो सेती खोला जलविद्युत् आयोजना निर्माण गर्दैछ ।
उक्त आयोजनाको कुल लागत चार अर्ब दुई करोड रहेको छ । अपर सेती हाइड्रोले विद्युत् विकास विभागबाट आयोजना निर्माणका लागि विद्युत् उत्पादनको अनुमतिपत्रका साथै नेपाल विद्युत् प्राधिकरणसँग विद्युत् खरिदबिक्री सम्झौता(पिपिए) समेत गरिसकेको छ ।
सो कम्पनीको प्रवद्र्धकमा व्यापारिक घराना केसी ग्रुप रहेको छ । आयोजनाका लागि लक्ष्मी सनराइज बैंक एक्लैले लागतको ७५ प्रतिशत लगानी गर्ने प्रतिबद्धता जनाएको छ भने बाँकी २५ प्रतिशत रकम कम्पनीका प्रवद्र्धक/संस्थापकको लगानी रहनेछ । लक्ष्मी सनराइज बैंकको प्रोजेक्ट फाइनान्स (टर्म लोन) प्रतिबद्धता तीन अर्ब दुई करोड रहेको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच