ललिता साह/हिटा
सप्तरी । जिल्ला प्रशासनसहित संयुक्त अनुगमन टोलीले सप्तरीको खडक नगरपालिकाको कल्याणपुर बजार अनुगमन गरेको छ । अनुगमनको क्रममा कुनै प्रकारको कागजात नभेटिएको तथा सेवा प्रभावकारितामा समेत व्यापक गुनासो आएपछि मुख्य बजारमा संचालनमा रहेको युनिभर्सल हस्पिटल एण्ड डाइग्नोष्टिक सेन्टर प्रालिलाई सिल गरिएको स्वास्थ्य कार्यालय सप्तरीका प्रमुख देवकान्त झाले जानकारी गराउनुभयो ।
त्यसैगरी, बजारका जिएम मार्टबाट म्याद नाघेका केही कस्मेटिक सामग्री र एक किराना पसलबाट म्याद गुज्रेको चनालगायत सामग्री जफत गरी नष्ट गरिएको खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय सप्तरीका प्रमुख विक्रम लिम्बूले बताउनुभयो ।
कुनै पनि बहानामा उपभोक्ता ठग्नु दण्डनीय अपराध हो । आम उपभोक्ताको गुनासो कम गर्न र गाउँगाउँसम्म सचेतनासहित मासिक कार्य योजना बनाई जिल्लाभरी निरन्तर बजार अनुगमन गरी ठगी गर्नेलाई हदैसम्म कारबाही गर्ने प्रमुख जिल्ला अधिकारी किरण थापाले बताउनुभयो । स्थानीय बजारको गुणस्तरमा सुधार र उपभोक्ताको हितमा आगामी दिनमा निरन्तर बजार अनुगमन गर्ने खडक नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरेन्द्र श्रेष्ठले बताउनुभयो ।
जिल्ला प्रशासन कार्यालय सप्तरीको अगुवाईमा घरेलु तथा साना उद्योग कार्यालय करदाता सेवा कार्यालय राजविराज तथा खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय राजविराजको समन्वयमा र खडक नगरपालिकाको सहकार्यमा गरिएको बजार अनुगमनको क्रममा खड्क नगरपालिका वडा नं ७ मा रहेकोे प्राथमिक स्वास्थ केन्द्रअन्तर्गत नवनिर्मित भवनको अनुगमनसमेत गरिएको वडा अध्यक्ष राकेशकुमार साहले बताउनुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच