काठमाडौं । शाओमीले ल्यागसिप स्मार्टफोन शाओमी १४ नेपालमा सार्वजनिक गरेको छ । शाओमी १४ लाइका लेन्ससहितको ट्रिपल ५० मेगापिक्सेल रियर क्यामेराका साथमा प्रयोगकर्ताहरूले उत्कृष्ट फोटोग्राफीको अनुभव प्राप्त गर्न सक्ने कम्पनीको दाबी छ । शाओमी १४ मा ६.३६ इन्चको एमोलेड एलटिपिओ डिस्प्ले, स्न्यापड्रागन ८ जेन ३ प्रोसेसर र ९० वाट वायर वा ५० वाट वायरलेस चार्जिङका साथमा ४६१० एमएच ब्याट्री उपलब्ध छ । एआई फेस अनलक, अन स्क्रिन फिंगर प्रिन्टलगायत फिचर रहेको फोनमा डुअल सिम सपोर्ट र फाइभजी कनेक्टिभिटी रहेको छ । सो अवसरमा शाओमी नेपालका कन्ट्री जनरल म्यानेजर मनु मनस्वीले भन्नुभयो, ‘शक्तिशाली पर्फर्मेन्स, इमर्सिभ डिस्प्ले, ए-ग्रेड क्यामेरा सिस्टम र उत्कृष्ट सेक्युरिटी फिचरसाथ शाओमी १४ प्रयोगकर्ताका लागि सर्वोत्कृष्ट विकल्प बन्ने हामीले विश्वास लिएका छौँ ।’
शाओमी १४ ले लाइका क्यामेरा प्रविधिसाथ स्मार्टफोन फोटोग्राफीमा नयाँ स्ट्याण्डर्ड सेट गरेको छ । जसले कम उज्यालोमा पनि उज्यालो र स्पष्ट तस्बिर खिच्छ । ९० वाटको फास्ट चार्जिङ भएकाले ३१ मिनेटमै फुल चार्ज गर्न सकिन्छ भने ५० वाटको वायरलेस हाइपर चार्ज र रिभर्स वायरलेस चार्जिङ सुविधासमेत रहेको छ ।
शाओमी १४, १२ जिबी प्लस ५१२ जिबी भेरियन्टको मूल्य ९९ हजार नौ सय ९९ रुपैयाँ रहेको छ । कम्पनीले शाओमी प्रायोरिटी क्लब पनि लन्च गरेको छ, जसमार्फत् छ महिना विस्तारित वारेन्टी, एकपटक निःशुल्क स्क्रिन रिप्लेसमेन्ट (पहिलो छ महिनाभित्र), निःशुल्क लेबर कस्ट (पहिलो २४ महिनाभित्र) र प्राथमिकतामा ग्राहक सेवा पनि प्राप्त गर्नेछन् ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच