- वीरभद्र आचार्य
आजको प्रभातकालीन हिँडाइ पशुपति आर्यघाट हुँदै मिर्गस्थलीसम्मको थियो । चिताहरूमा आगो दन्किरहेको थियो, लास जलिरहेको हर्दै हिँडिरहेको थिएँ । मिर्गस्थली उक्लने भर्याङ चढ्ने क्रममा मामाको मुसुक्क हाँसेको तस्वीर पटक पटक मनमा आइरहृयो । आज मामाको देहावसान भएको ७ महिना लाग्यो । मलाई आशीर्वाद दिँदा कसरी मुसुक्क हाँस्नुहुन्थ्यो सम्झिरहेँ । कति मिठो थियो त्यो मुस्कान । अनि मामाको चालचलन बोली, विचार आदि सम्झँदै गएँ । कति शालीन र सौम्य थियो । शरीरमा त्यति शक्ति थिएन तर मुहारमा जहिले पनि तेज र तत्परता झल्किरहेको हुन्थ्यो । अब मामा मेरो सम्झनामा मात्र हुनुहुन्छ । मैले आर्यघाटमा मामाको शरीर जलाएर आएको दिन सम्झेँ ।
त्यहाँदेखि नै मेरो मस्तिष्कमा शरीर ‘म’ होइन भन्ने स्पष्टता आइसकेको थियो । मामाको पार्थिव शरीर जलाइयो । शरीर मामा हुँदो हो त चितामा राखेर डढाउनु जघन्य अपराध हुने थियो होला । तर पनि सम्झनामा त त्यो भौतिक शरीरको मुस्कान नै भयो । यस्तै विचार गर्दै थिएँ, फेरि पुरानै विचार तरङ्गित हुन पुग्यो । शरीर त जड हो, जो एक यन्त्र समान छ । शरीरलाई कुनै ऊर्जाले सञ्चालित गरिरहेको छ । जो चेतन छ । मामाको शरीर जड थियो मृत्युपर्यन्त पञ्चमहाभूतमा मिल्न पुग्यो । सोचेँ शरीर मामा नभए मैले कसलाई मामा भनेर जानको रहेछु त ? अनि फेरि मामाको त्यस निर्दोष अनुहारको मधु मुस्कान सम्झनामा आयो ।
शरीर चलाउने त आत्मा अर्थात् ‘म’ ले नै हो, मनलाई पनि चलाउने आत्मा त हो नि । फेरि अर्को विचार आत्मा त साक्षी भावमा मात्र बसेको हुन्छ । तटस्थ छ । सुखदुःख, जन्ममृत्युको अनुभव नै गर्दैन, जो शाश्वत छ ।
शरीर जड हो भने त्यो अनुहारमा हाँसो कहाँबाट आयो त ? सोचेँ मनले आदेश दियो ओठका दुई तरेलीहरू मुस्कानमा प्रतिबिम्बित भयो । विचार गर्दै गएँ मन आफैँमा जड हो । यो स्वतःस्फूर्त होइन । त्यसो भए फेरि मनलाई कसले चलायो त ? त्यस ओठको पछाडि कुन तत्व छ, जसको आदेशमा ओठमा मुस्कान प्रस्फुटन भएको छ ? सिधा सिधा विचार गरेँ सबै शरीर चलाउने त आत्मा अर्थात् ‘म’ ले नै हो, मनलाई पनि चलाउने आत्मा त हो नि । एकपछि अर्को विचार तरङ्गित भयो, होइन होइन, आत्मा त साक्षी भावमा मात्र बसेको हुन्छ । तटस्थ छ । उसलाई हाँसोको पनि मूल्य छैन, रोदनको पनि मूल्य छैन । सुखदुःख, जन्ममृत्युको अनुभव नै गर्दैन, जो शाश्वत छ ।
अलमल्लमा परेँ, त्यसो भए को हाँस्यो त ? शरीर जड छ, आत्मा साक्षी मात्र छ भन को हाँसेको हो ? अर्थात् ‘म’ र मनका बीचमा के छ त जसले यो प्रपञ्च रचिरहेको छ ? शास्त्रले ठोकुवा गरेको कुरो याद आयो, अविद्या । मेरा आत्मालाई अविद्याले छोपेको छ । प्रश्न गरेँ, त्यसो भए अविद्या के हो ? शास्त्रोक्त जवाफ फर्काएँ, व्यक्तिमा विद्यमान अविद्या ‘माया’ को व्यष्टि रूप हो । ब्रहृम र जगत्का बीचमा मायाको पर्दा छ । त्यस्तै मन र आत्माका बीच अविद्याको जालो छ । त्यसो भए के मेरा मामाको मुस्कान मायाको खेल थियो त ? सोचेँ, हो ¤ मनमा उत्पन्न हुने जति पनि भाव र आवेगहरू छन् ती सबै अविद्याबाट उत्पन्न भएका छन् र हाम्रो भौतिक शरीर मायाको बसमा छ । विद्या भन्नु ज्ञान हो भन्छन् ।
शास्त्रले आत्मालाई नै ज्ञानस्वरूप मानेको छ । तर, पनि जाग्रत् अवस्थामा हाम्रा अगाडि त माया मात्र छ । सोचेँ, त्यसो भए ब्रहृम र माया एकै सिक्काका दुई पाटा हुनुपर्छ । अर्थात् ज्ञान र अज्ञान वा विद्या र अविद्या, अर्को शब्दमा आत्मा र भौतिक शरीरमा एकत्व छ र आत्माकै विक्षेदित रूप ‘अविद्या’, मन, बुद्धि, चित्त, अहंकारमा बाँडिएको छ । भन्नुको अर्थ आत्मामा पुग्न मायाको पर्दा हटाउनुपर्यो । त्यो कसरी त ? सोच्दै गएँ, मायाको जालोबाट पार पाउन सर्वप्रथम मनलाई अधीनमा राख्न सक्नुपर्यो । मन नै त्यस्तो सेतु हो जसले जीवलाई बाहृयजगत्बाट अन्तरजगत्सम्म लैजान सक्छ । जबसम्म मन इन्द्रियको बसमा हुन्छ, बहिर्मुखी हुन्छ ।
इन्द्रियको लगाम घोडाजस्तो छ । विषय भोगमा लिप्त रहन्छ । जहाँ विषयका वस्तुहरू पायो उतै लर्कन्छ । तसर्थ मनलाई इन्द्रियको बसमा रहन दिनुभएन । मनमा विषयभोगको चाहना पैदा भएपछि पाप कर्ममा पनि डोहोर्याउँन सक्छ भने त्यसको उल्टो अध्यात्ममा पनि उत्प्रेरित गर्न सक्छ । तसर्थ मनलाई इन्द्रियजन्य कर्ममा फस्न नदिनका लागि घोडालाई लगाम लगाएजस्तै मनले इन्द्रियहरूलाई लगाम दिन सक्नुप¥यो । यसका लागि इन्द्रियलाई मनमा भएको आत्मिक शक्ति प्रयोग गरेर अन्तर्मुखी बनाउनुप¥यो । सोच्दै गएँ, मन कसको अधीन छ त ? मनलाई बुद्धिले मात्र अधीनमा राख्न सक्छ । मन विषयभोगमा रुमल्लिरहेको हुन्छ भने बुद्धिले मात्र यो सही यो गलत भन्ने निश्चय गर्न सक्छ र मनलाई विषयभोगबाट फर्काएर अन्तरमुखी बनाउन सक्छ ।
तर, मन त बलवान् छ, यसले बुद्धिलाई बेवास्ता पनि गर्न सक्छ । तसर्थ मनलाई बुद्धिको प्रयोगले बिस्तारै तालिम दिएर अन्तरमुखी बनाउनुप¥यो । सोचेँ, कठिन छ तर माउतेले हात्तीलाई बसमा लिएजस्तै, बुद्धिको प्रयोग विवेकशील तरिकाबाट हुँदै गयो भने मनलाई शान्त पार्न त्यति कठिन त हुँदैन होला भन्ने लाग्यो । बुद्धिको प्रयोग गरेर मनलाई त शान्त परियो तर चित्त शुद्धि नभईकन आत्मतत्वको ज्ञान हुन मुस्किल छ भन्छन् । चित्तमा पूर्वजन्मदेखि लिएर यस जन्मसम्मको संस्कार विद्यमान हुन्छ रे । यो संस्कारजन्य कुराहरूलाई निमिट्यान्न नपारेसम्म चित्त वृत्तिको कारण मैले सुख र दुःखको अनुभव गरि नै रहेको हुन्छु । अथवा भावना र आवेगको बसमा नै हुन्छु । जसको लागि चित्त शुद्धि आवश्यक हुन जान्छ ।
जबसम्म म मेरो देहको, आफन्तजन र जगत्प्रतिको मोहको यो जन्जालबाट उम्कन सक्दिन तबसम्म म यो अविद्याको जालो अर्थात् काम, क्रोध, लोभ, मोह, इष्र्या आदिमा नै फसिरहेको हुन्छु, तसर्थ मैले वैराग्य प्राप्तिका लागि देह, परिवारजन र भौतिक जगत्प्रतिको मोहलाई त्याग्न सक्नुपर्छ ।
शास्त्र भन्छ, विवेकको सही प्रयोगबाट चित्त शुद्ध हुँदै जान्छ । निष्काम कर्म र इन्द्रिय निग्रहबाट जब मन अन्तर्मुखी हुन्छ र चित्तको पनि शुद्धि हुँदै जान्छ । यो कसरी हुन सक्छ त ? यसका लागि वैराग्य परम आवश्यक स्थिति रहेछ । वैराग्य भन्नाले भौतिक जगत्को अर्थात् अनात्मको आकर्षणमा नफसेर आत्मचिन्तनमा लीन हुनु हो । यहाँ शङ्कराचार्यको मत अनुसार सम (निरन्तर ब्रहृममा ध्यान लगाएर बस्ने), दम (इन्द्रिय निग्रह अर्थात् आत्मसंयम गर्ने), उपरती (मनलाई बाहृय विषयबाट प्रभावित हुन नदिने) तितीक्षा (सहनशीलताको विकास गर्ने), श्रद्धा (शास्त्रको अक्षरशः ज्ञानमा निश्चयात्मकता राख्ने) अनि समाधान (ब्रहृममा चित्त अड्याएर राख्ने) आत्मतत्वमा पुग्नका लागि खुड्किलाहरू हुन् ।
यी खुड्किला पार गर्नु भनेको नै वैराग्य धारण गर्नु हो । भन्नुको अर्थ मैले मायाको जालो काटेर बोधमा पुग्नका लागि वैराग्य धारण अत्यन्त आवश्यक देखेँ । फेरि आफैँलाई प्रश्न गरेँ, वैराग्य प्राप्तिका लागि मैले आफ्नो तहमा के गर्नुपर्छ त ? भौतिक वस्तु, म र मेरो, काम, क्रोध, लोभ, मोह र इष्र्याभन्दा माथि उठ्नुपर्यो । यहाँ आएर फेरि एक पटक त्यागको महत्वपूर्ण भूमिका देखेँ । जबसम्म म मेरो देहको, आफन्तजन र जगत्प्रतिको मोहको यो जन्जालबाट उम्कन सक्दिन तबसम्म म यो अविद्याको जालो अर्थात् काम, क्रोध, लोभ, मोह, इष्र्या आदिमा नै फसिरहेको हुन्छु, तसर्थ मैले वैराग्य प्राप्तिका लागि देह, परिवारजन र भौतिक जगत्प्रतिको मोहलाई त्याग्न सक्नुपर्छ ।
यस्तै तर्क गर्दै थिएँ, एक गुरुले भेनको कथा याद आयो, ‘तिमीले एउटा गिट्टीलाई एक महिनासम्म सँगै राख्यौ भने एक महिनापछि त्यो गिट्टी फाल्न हिचकिचाउँछौ । अर्थात् त्यस गिट्टीप्रति तिम्रो आशक्ति बढिसकेको हुन्छ ।’ त्यो कुरो खुबै घत लागेको थियो र आजको सन्दर्भमा यस तर्कलाई अझै अगाडि बढाउन खोजेँ । जुन देह जन्मदेखि हामीले लिएर आएका छौँ त्यस देहप्रतिको मोह त झन् प्रगाढ हुने नै भयो ।
त्यसो भए के त देहप्रतिको मोह त्याग्न सकिन्छ त ? सकिन्छ, तर अभ्यासको जरुरी छ, त्यागको र वैराग्यको सहारा लिएर । वैराग्यद्वारा नै बोधको परम स्थितिमा पुगिन्छ । यस प्रकार शास्त्रोक्तसिद्ध तर्क गर्दै जाँदा मामाको त्यो मुस्कानलाई सही अर्थमा जान्नु भनेकै मायाको जालोलाई चिरेर परम तत्वसम्म पुग्नु रहेछ । अर्थात् म ‘म’ सम्म पुग्नु रहेछ । जीवले आत्मालाई जान्नु रहेछ । ॐ विशुद्धाय नमः ।
Karma le fasaudo raicha sir, karma garna kasari chodnu hola . Gati linu parne jiwan gati na liye agati hune …