खोटाङ । ज्येष्ठ नागरिक जिल्ला संघ खोटाङले जनचेतनामूलक तथा साँस्कृतिक कार्यक्रम गरेको छ ।
जिल्ला समन्वय समितिको सभाहलमा बुधबार करिव सयजना ज्येष्ठ नागरिकलाई राखेर जनचेतनामूलक तथा साँस्कृतिक कार्यक्रम गरेको हो ।
कार्यक्रममा सहभागी ज्येष्ठ नागरिकलाई जिल्ला अस्पताल खोटाङमा कार्यरत एमबीबीएस डाक्टर सिदार्थ गौतमले अस्पतालले ज्येष्ठ नागरिकलाई दिने सेवासुविधा र उमेर ढल्केसँगै नियमित सेवन गर्नुपर्ने औषधिका बारेमा जानकारी दिनु भएको थियो ।
जिल्ला समन्वय समिति सदस्य तथा ज्येष्ठ नागरिक संघका पूर्वअध्यक्ष दुर्गा प्रसाद घिमिरेले ज्येष्ठ नागरिकको हकअधिकारका विषयमा जानकारी गराउनु भएको थियो ।
जिल्ला प्रहरी कार्यालयमा कार्यरत प्रहरी निरीक्षक कोपिला भुजेलले ज्येष्ठ नागरिकलाई जिल्ला प्रहरी कार्यालयले दिने सेवासुविधा र ज्येष्ठ नागरिक सम्बन्धी कानूनका बारेमा जानकारी दिनुभएको थियो ।
कार्यक्रममा सहभागी ज्येष्ठ नागकिरहरुले भजन कृतन, संगिनी नाँच र ज्येष्ठ नागरिकको पीरमर्का बोल्ने गीत गाएर भरपुर मनोरञ्जन गरेका थिए ।
२०७० सालमा स्थापना भएको ज्येष्ठ नागरिक जिल्ला संघमा ३६० जना ज्येष्ठ नागरिक आजिवन सदस्य रहेको संघका अध्यक्ष धनपती आचार्यले बताउनुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच