काठमाडौं । धनुषाको मिथिला बिहारी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामदरश यादव, लेखापाल सुभाषकुमार झासहित ४ जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालत काठमाडौमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
यादव, झाका साथै जिन्सी शाखाका प्रमुख खरिदार उपेन्द्र यादव र होजियारी उद्योग, जनकपुरधाम २ का प्रोप्राइटर रामसुन्दर साह तेलीविरुद्ध शुक्रबार विशेष अदालतमा मुद्दा दायर गरिएको हो ।
आर्थिक वर्ष २०७९/०८० मा उक्त नगरपालिकाको वडा नम्बर ९ मा सञ्चालित विद्यार्थी सिकाई अभिवृद्धि कार्यक्रम अन्तर्गत कुनै काम नगरी भुक्तानी दिएको भन्दै मुद्दा दायर गरिएको अख्तियारको दाबी छ ।
विद्यालयमा पोशाक खरिद गर्दा सार्वजनिक खरिद ऐन र सार्वजनिक खरिद नियमावली बमोजिम लागत अनुमान तयार गरी कम्तीमा ३ वटा आपूर्तिकर्तासँग लिखित रुपमा दरभाउ पत्र माग गरी खरिद मूल्यांकन समितिबाट निर्णय गराउनु पर्नेमा सो नगरेको अभियोगपत्रमा उल्लेख छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच