काठमाडौं । चितवनको सिमालतालमा लेदो सहितको पहिरोमा परी त्रिशूली नदीमा हराइरहेका दुई यात्रु बसको खोजी कार्य आईतबार पनि बिहानैदेखि जारी छ ।
नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाल आर्मीका टोलीले आईतबार बिहानदेखि खोजी कार्य सुरु गरेका हुन् । नदीमा पानीको सतह केही घटे पनि यात्रु बस अझै भेटिएका छैनन् ।
आइतबारै भरतपुर महानगरपालिका मेयर रेणु दाहाल घटनास्थलको निरीक्षण गर्नुभएको छ ।
नेपाली सेनाको विपद् व्यवस्थापन गण आँपटाडीले समेत घटना स्थलमा ३ जना गोताखोरको सहेतले खोजी गरिएको छ ।
सशस्त्र प्रहरी बल नेपालको चितवनको कुरिनटारमा रहेको विपद् व्यवस्थापन तालिम शिक्षालयबाट १० जना गोताखोर सहितका टोलीहरुले आज चितवनको घुमाउनेबाट खोजी कार्य सुरु गरी सकेको छ भने पानीभित्र क्यामरा पठाएर खोज्ने कार्य समेत सुरु भएको छ । सो क्यामेराको प्रयोगले नदीको २० मिटर तलसम्म हेर्ने सकिने शिक्षालयका सहायक जनक पुरीले जानकारी दिनुभयो ।
चितवन-नारायणगढ मुग्लिन सडकको भरतपुर महानगरपालिका-२९ सिमलतालमा गएको पहिरोमा परेर शुक्रबार बिहानपख दुईवटा यात्रुबस र त्यसमा यात्रारत ६० भन्दा बढी यात्रु पहिरोमा परेर त्रिशूली नदीमा बेपत्ता छन् ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच