काठमाडौं । स्पेनका कार्लोस अल्काराजले यस बर्षको विम्बल्डन पुरुष सिंगलको उपाधि जित्नु भएको छ ।
अल्काराजले सर्बियाका नाेभाक जोकोभिचलाई सोझो तीन सेटमा पराजति गर्दै लगातार दोस्रो बर्ष विम्बल्डनको उपाधि जित्नुभएको हो ।
२१ बर्षिय अल्काराजले ६–२, ६–२, र ७–६ को सोझो सेटमा जोकोभिचलाई पराजित गर्नुभयो । उहाँले २०२३ को फाइनलमा पनि जोकोभिचलाई पराजित गर्दै उपाधि जित्नुभएको थियो ।
युवा खेलाडी अल्कारेजको यो चौथो ग्राण्ड स्लाम उपाधि हो । उहाँले दुई विम्बल्डनसहित यसै बर्ष फ्रेन्च ओपन र २०२२ मा युएस ओपन जित्नुभएको थियो ।
त्यस्तै यस अघि सात पटक विम्बल्डन जितेका जोकोभिच लगातार दोस्रो बर्ष उपविजेता बन्नु भएको छ । २०२३ मा अस्ट्रेलियन, फ्रेन्च र युएस ओपन जितेका जोकोभिच यस बर्ष भने उपाधि विहिन बनेका छन् ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच