काठमाडौं । इण्डो-नेपाल अन्तर्राष्ट्रिय अवार्ड-२०२४ भारतको कोलकातामा सम्पन्न भएको छ । शिव कैलाश कला मन्दिर काठमाडौं नेपाल र श्रीजानकी माता कोलकाताको संयुक्त आयोजनामा भारत तथा नेपालबाट छनोट भएका उत्कृष्ट व्यक्तित्वलाई अवार्ड एवं सामजिकक्षेत्रमा योगदान दिने महानुभावलाई सम्मानअर्पण गर्दै अवार्ड सम्पन्न भएको हो ।
कोलकाताका लगि नेपाली नायब महाबारिज्यदुत जनकराज भट्टको प्रमुख आतिथ्यता रहेको समारोहमा वरिष्ठ आभिनेत्री विपना थापा विशिष्ट अतिथिका रूपमा रहनुभएको थियो । कोलकाता का विभिन्न नेपाली संघ सस्थाका व्यक्तित्वको आतिथ्यता रहेको तीज महोत्सव तथा अवार्ड समारोहमा स्वस्थ्य, शिक्षा, सहित्य, चलचित्र, गीतसंगीत, नृत्य, र समाजसेवालगायतका विधाहरू समेटिएको थियो ।
समारोहमा विनायक अस्पतालका अध्यक्ष केपी लमिछाने, ओखती नेपालका अध्यक्ष शोभाकान्त वस्यल, एचिभर्स ग्रुपका अध्यक्ष प्रदीप भुसाल, टेक्सास इन्टरनेसनल कलेज फाइनान्स डाइरेक्टर कृष्णप्रसाद दंगाल, गिनिज पब्लिक स्कुल फाइनान्स डाइरेक्टर गोविन्दप्रसाद शर्मा, समाजसेवी अब्दुल खालिफ, विनोद सिलवाल, अमरराज उप्रेती, पशुपति लामिछाने, अरुण पाण्डे, दूरदर्शन टिभी च्यानल भारनका पूर्वव्यवस्थापक निर्देशक देविका मोक्तान, ग्लोबल गोरखा टाइम टिभी च्यानलका इन्द्रकमल जेरू, कोलकाताका पूर्वविधायक स्मिता बक्सी, युवा समाजसेवी विनोद हुमागाईं, साहित्यकार राधा भण्डारी, सौन्दर्यविद् विनु लिम्बु फागो, नृत्य निर्देशक वेदबहादुर बुढाथोकी (रोशन), निर्देशनक तथा मोडेल प्रतिज्ञा भण्डारी, गायिका सारिका घिमिरे, टोककुमारी मगर (सरिता थापा), नृत्य निर्देशक दिलिप थपालगायतलाई अवार्ड एवं सम्मान समर्पण गरिएको थियो ।
यस्तै समारोहमा समाजसेवी केशव अधिकारी छेत्री, खेमराज बराल, बद्रीविक्रम थापा, बाबुराम दहाल, सहित्यकार तथा संगीतकार जीवन शर्मा, संगीतकार अज्निस विश्व राईलाई सम्मान अर्पण गरिएको थियो ।
गीता आधिकारिले संयोजन गर्नुभएको समारोहमा शिव कैलाश कला मन्दिरका अध्यक्ष नारायण रिजालले उपस्थिति तथा सहयोगी संघसस्थालाई धन्यावद ज्ञापन गर्दै नेपाली कला र संस्कृतिलाई विश्वसामु चिनाउन यस्ता कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता जनाउनुभयो । समारोहमा रेनुक रिजाल, रोशन बुढाथोकी, बिनी लिम्बु, प्रतिज्ञा भण्डारीलगायतले नृत्य प्रस्तुति गर्नुभएको थियो भने सारिका घिमिरे, सन्तोषी सिंह र सरित थापामगरले गायन प्रस्तुत गर्नुभएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच