काठमाडौं । वातावरणमैत्री ब्राण्ड गोदरेजले दशैँ र तिहार लक्षित अभियान ‘मनैदेखि वाउ’ अफर ल्याएको छ । ग्राहकलाई गोदरेज होम एप्लायन्स खरिदमा रियल क्यासब्याक र पक्का उपहारसाथ खुसी बाँड्ने उद्देश्यसहित यस्तो अफर ल्याइएको कम्पनीले जनाएको छ ।
अफरअन्तर्गत ग्राहकले ३१ हजार पाँच सय रुपैयाँसम्म आकर्षक क्यासब्याक र ग्यारेन्टी उपहार प्राप्त गर्न सक्नेछन् । ग्राहकहरूले टप लोड/ट्विन टब वासिङ मेसिन खरिदमा तीन लिटर निःशुल्क एरियल डिटर्जेन्ट लिक्विड र माइक्रोवेभ ओभन खरिदमा निःशुल्क कुकिङ किट प्राप्त गर्न सक्नेछन् ।
त्यस्तै गोदरेज सिंगल डोर रेफ्रिजरेटर, डबल डोर रेफ्रिजरेटर, साइड-बाइ-साइड रेफ्रिजरेटर, चेस्ट फ्रिजर, माइक्रोवेभ ओभन, वासिङ मेसिन र एयर कन्डिसनर खरिदमा आकर्षक क्यासब्याकको मजा लिन सक्ने बताइएको छ । अफर नेपालभर सीमित अवधिका लागि रहने कम्पनीले जनाएको छ । नेपालमा गोदरेजका घरायसी उपकरण चौधरी ग्रुपअन्तर्गत सिजी इलेक्ट्रोनिक्सले बिक्री गर्दै आएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच