आबुधाबी । आइसिसी क्रिकेट विश्वकप लिग टुमा युएईले पहिलो जित हात पारेको छ । नामिबियालाई १ विकेटले हराउँदै युएईले लिग टुमा पहिलो जित हात पारेको हो । विन्डोहकमा नामिबियाले दिएको ३१४ रनको लक्ष्य युएईले ४९.३ ओभरमा ९ विकेट गुमाउँदै पूरा गर्यो । युएईका विष्णु सुकुमारनले सर्वाधिक ९७ रन जोड्नुभयो । उहाँले ९० बलमा ८ चौका र ५ छक्का प्रहार गर्नुभयो ।
एक समय ११४ रनमा ५ विकेट गुमाएर संकटमा परेको युएईका लागि सुकुमारन र बासिल हमिदले छैटौँ विकेटका लागि १५५ रनको महत्वपूर्ण साझेदारी गर्नुभएको थियो । हमिदले ४७ बलमा ६ चौका र ४ छक्काको सहयोगमा ७१ रन बनाउनुभयो । टिमलाई पहिलो जित दिलाउने अलि नासिरले २१ बलमा नट आउट रहँदै महत्वपूर्ण ३८ रन जोड्नुभयो । आयांश शर्मा र अलिशान सरफुले समान ३०, कप्तान मुहम्मद वासिमले १९ रन जोड्नुभयो ।
नामिबियाका जान निकोल लेफ्टी इटनले ४, बेर्नाड स्कोट्जे र टांगेनी लुंगामेनीले समान २ तथा कप्तान जेरार्ड इरास्मसले १ विकेट लिनुभयो ।
त्यसअघि टस जितेर ब्याटिङको निम्तो पाएको नामिबियाले ५० ओभरमा १० विकेट गुमाउँदै ३१३ रन बनाएको थियो । नामिबियाका ओपनर माइकल भान लिगेनले ८५ बलमा ९ चौका र ४ छक्कासहित सर्वाधिक १०७ रन बनाउनुभयो । जेपी कोट्जेले ५३ बलमा ६४ तथा जान निकोल लेफ्टी इटनले ६३ बलमा ५४ रन जोड्नुभयो । युएईका लागि अलि नासिरले ३, मोहम्मद जगदुल्लाह, जुनैद सिद्धिकी, बासिल हमिद, राहुल भाटिया र विष्णु सुकुमारनले समान १ विकेट लिनुभयो ।
यसैबीच, विश्वकप लिग २ मा ओमानलाई पराजित गर्दै क्यानडाले लगातार दोस्रो जित दर्ता गरेको छ । क्यानडाले नेपाल र ओमान सम्मिलित त्रिकोणात्मक सिरिजमा लगातार दोस्रो जित हासिल गरेको हो । किङ्स सिटीमा घरेलु टोली क्यानडाले ओमानलाई ५९ रन अन्तरले पराजित ग¥यो । पहिलो खेलमा क्यानडाले नेपाललाई १०३ रनको फराकिलो अन्तरले हराएको थियो । सिरिजमा ओमानको यो पहिलो हार हो । मध्यपूर्वी टोलीले आफ्नो पहिलो खेलमा नेपाललाई १ विकेटले पराजित गरेको थियो । ओमानले टस जितेर पहिला फिल्डिङ रोजेपछि सुरुवातमा ब्याटिङ गरेको क्यानडाले ५० ओभरमा ८ विकेट गुमाएर २७८ रन बनाएको थियो । जवाफमा ओमान ४६ ओभरमा २१७ रनमा अल आउट भयो ।
जितसँगै लिग २ अंक तालिकामा क्यानडाले शीर्ष स्थानको नेदरल्याण्ड्ससँगको अंक दूरी बराबरी गरेको छ । क्यानडाको १० खेल र नदरल्याण्ड्सको ८ खेलमा समान १२–१२ अंक छ । ओमान ६ खेलमा ५ अंकसहित छैटौँ र नेपालको ६ खेलमा २ अंक छ । नामिबियालाई हराएको युएई २ अंकका साथ तालिकाको पुछारमा छ । पराजित नामिबिया आठ अंकका साथ पाँचौँ स्थानमा झरेको छ । दुई अंक जोडेको नेपाल पुछारबाट दोस्रो स्थानमा छ । लिग टुमा आठ टोली सहभागी छन् ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच