झापामा अत्यधिक गर्मीका कारण दुईजनाको मृत्यु

राजेन्द्र गौतम झापा, संवाददाता
Read Time = 3 mins

झापा । झापामा केही दिनदेखिको अत्याधिक गर्मीका कारण दुईजानको मृत्यु भएको छ । एकजनाको अवस्था गम्भीर छ।

अध्यधिक गर्मीका कारण प्रेसर असन्तुलित भएका अर्जुनधारा नगरपालिका-१ सिस्नेका ७२ वर्षीय प्रेमबहादुर राईलाई शंकर अस्पताल शनिश्चरे ल्याइएको थियो । उनको उपचारकै क्रममा केहीबेर अघि मृत्यु भएको अस्पतालले जनाएको छ ।

त्यस्तै बिर्तामोड नगरपालिका ६ बस्दै आएकी ३६ वर्षीया राधिका जोगी गिरीबन्धु टिस्टेट हिँड्दाहिँड्दै एक्कसी ढलेकी थिइन् । अन्य रोगसमेत रहेकी र मागेर गुजारा चलाउँदै आएकी ती महिलाको तत्काल मृत्यु भएको थियो ।

ती महिलाले मादकपदार्थ समेत सेवन गरेको पाइएको थियो । शारीरिक रूपमा अस्वस्थ उनले गर्मीमा मादकपदार्थ सेवन गर्नु नै मृत्युको कारण भएको जनाइएको छ । यी दुबै घटनाको सरकारी निकायबाट आधिकारिक रूपमा पुष्टि भएको छैन ।

प्रेमबहादुर जोगीकी कान्छी श्रीमती राधिका श्रीमानले छोडेपछि ६ वर्षीया छोरीसँग मागेर गुजारा गर्दै आएकी थिइन् । उनको माइती घर पाँचथर भएको खुलेको इलाका प्रहरी कार्यालय बिर्तामोडका डीएसपी प्रकाश विष्टले बताउनुभयो ।

हिजो कनकाई नगरपालिका-४ को कोटीहोम क्षेत्रमा एकजना वृद्धा अत्यधिक गर्मी भएपछि ढलेकी थिइन् । स्थानीयले उनलाई राधाकृष्ण मन्दिर श्यामकुटीमा केहीबेर आराम गराएर सुरुङ्गा स्वास्थ्य केन्द्र पुर्‍याएका थिए । घर बुद्धशान्ति गाउँपालिका बताउने ती वृद्धाको स्पष्ट पहिचान खुलेको छैन ।

झापाको तापक्रम अहिले ३८ देखि ४१ डिग्री सेल्सियससम्म छ । असोजमा उग्रगर्मी भएको यो पहिलोपटक भएको जानकारहरु बताउँछन् । गर्मीबाट बालबालिका, वृद्धवृद्धा, अशक्त,गर्भवती महिला बढी प्रभावित भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?