झापा । भारतीय मालबाहक ट्रकमा पेट्रोलबम प्रहार गर्ने दुर्गा प्रसाईं समूहका दुईजनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा झापा हल्दिबारी गाउँपालिकाका १ घर भइ बिर्तामोड नगरपालिका ५ बस्दै आएका ४० वर्षीय भीम तुम्वापो लिम्बु र बिर्तामोड नगरपालिका ७ का ३३ वर्षीय सुरेश चौधरी छन् ।
उनीहरूलाई लुकिछिपी बसेकाे अवस्थामा बिर्तामोड क्षेत्रबाट पक्राउ गरिएको हो । लिम्बु दुर्गा प्रसाईंले गठन गरेको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानको युवा दस्ता नागरिक प्रतिरक्षा बल (पिडिएफ)का झापा संयोजक र चौधरी सहसचिव हुन् ।
घर नै छोडेर हिँडेको लिम्बु नेतृत्वको समूह केही समयदेखि झापाका बैक तथा वित्तीय संस्थामा हुलहुज्जत तथा तोडफोड गर्ने, सञ्चालक र कर्मचारीलाई थर्काउने, कालोमोसो दल्ने लगायतका उच्छृङ्खल गतिविधिमा समेत सक्रिय थियो ।
पछिल्लोपटक सो समूहले असोज ६ गते मध्यराति कनकाई नगरपालिका ८ को बिरिङपुलमा भारतीय नम्बर प्लेटको यूपी ५७ एटी ४४९३ मालबाहक ट्रकमा आगजनी गरेको थियो । सो ट्रकमा पेट्रोलबम प्रहार गर्दा भारत सिलिगुडी बस्ने ४० वर्षीय कुमार महतो घाइते भएका छन् ।
सोही समूहले असोज ७ गते बिहान ३ बजे डब्लुबी ७३ ई ३०५६ नम्बरको भारतीय मालबाहक ट्रकमा बिर्तामोड ६ को बुट्टाबारीमा पेट्रोलबम प्रहार गर्दा भारत इस्लामपुरका ४० वर्षीय पोदा राय घाइते भएका छन् । महतो र राय दुबैजना ट्रक चालक हुन् । दाइने हात झलेका महतोको बिएण्डसी अस्पतालमा उपचार भइरहेको छ ।
हात,ढाड र छाती जलेका रायलाई थप उपचारका लागि भारत पठाइएको छ । दुबै ट्रक र त्यसमा रहेको सामान जलेर छ।
अदालतबाट पाँच दिनको अनुमति लिएर पक्राउ परेका लिम्बु र चौधरी उपर अनुसन्धान सुरु गरिएको झापाका प्रहरी प्रमुख एसपी मिलन केसीले जानकारी दिनुभयो । अपराधिक गतिविधिमा सम्लग्नलाई प्रहरीले ढिलोचाँडो कानुनी दायरामा ल्याइने एसपी केसीले बताउनुभयो।
आगजनीमा सम्लग्न विक्रम ताजपुरिया र फरार अन्यको खोजी भइरहेको छ । ताजपुरिया प्रसाईंसँग दैनिक दुई हजार हाजिरा लिएर उदण्ड मच्चाउने समूहका नाइके भएको जनाइएको छ । ताजपुरिया चन्द्रगढी, राजगढ लगायतका वित्तीय क्षेत्रमा आतंक मच्चाउने व्यक्ति हुन् ।
झापा प्रहरीले असोज ६ गते साँझ राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका झापा संयोजक रामचन्द्र मैनाली र नागरिक प्रतिरक्षा बल ९पीडीएफ० का मेची अञ्चल संयोजक दुरेन राई पक्राउ गरेको छ ।
दुर्गा प्रसाईं काठमाडौँबाट पक्राउ गरेसँगै झापामा उनको समूहले झापा बन्द गर्ने लगायतका हर्कत गरेपछि प्रहरीले सो समूह उपर निगरानी बढाएसँगै उनीहरू पक्राउ पर्न थालेका हुन् ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच