भोजपुर । नागरिकको स्वास्थ्य सेवालाई प्रभावकारी बनाउन भोजपुर नगरपालिकालाई बिभिन्न स्वास्थ्य सामाग्रीहरु हस्तान्तरण गरिएको छ ।
नेपाली कांग्रेस भोजपुरका जिल्ला सचिव सफल किराँतको पहलमा आएका ती सामाग्रीहरु बुधवार भोजपुर नगरपालिकाका नगर प्रमुख कैलाशकुमार आलेलाई हस्तान्तरण गरिएको हो ।
स्वास्थ्य मन्त्रालयबाट २३ लाख २४ हजार बरावरको स्वास्थ्य उपकरण सहितका सामाग्रीहरु आफनो पहलमा भोजपुरमा ल्याएको किराँतले बताउनुभयो । उहाँले भन्नुभयो, “दुर्गम जिल्लाका स्वास्थ्य संस्थाहरुमा देखिने समस्याहरु निराकरण गरी नागरिकको स्वास्थ्य सेवालाई प्रभावकारी बनाउने उद्धेश्यले मैले पहल गरेको हुँ ।” नगरपालिकालाई हस्तान्तरण गरिएका सामाग्रीहरुमा युएसजी मेशिन, इसिजी, अस्पताल बेड, बिपी सेट, व्हील चेयर लगायतका रहेका छन् ।
प्राप्त सामाग्रीले नगरपालिका भित्र रहेका स्वास्थ्य संस्थाहरुको सेवा प्रभावमा मद्धत मिल्ने बताउँदै पार्टी सचिव किराँतले आगामी दिनमा पनि नागरिकका लागि यस्ता कार्यहरु निरन्तर गर्ने प्रतिबद्धता जनाउनुभयो । जिल्ला अस्पतालका लागिसमेत स्वास्थ्य सामाग्रीहरु आएको किराँतले जानकारी दिनुभयो ।
हस्तान्तरित सामाग्री बुझनु हुँदै नगर प्रमुख आलेले स्वास्थ्य संस्थाहरुका लागि प्राप्त भएका सामाग्रीहरु महत्वपूर्ण हुने बताउनुभयो । नगरप्रमुख आलेले नागरिकको स्वास्थ्यका लागि सामाग्रीहरुले सहयोगी बन्ने ब्यक्तिको पहलमा आएका यस्ता सामाग्रीहरुले सेवाग्राहीमा पनि उत्साह थप्ने विश्वास व्यक्त गर्नुभयो । जिल्लाका नागरिकका लागि सवैले आआफनो ठाउँमा सक्रियता देखाउन जरुरी रहेको बताउनु भयो ।
साामाग्री हस्तान्तरण कार्यक्रममा स्वास्थ्यकर्मी, कांग्रेस भातृ संस्थाका पदाधिकारी, नगरका कर्मचारी, पत्रकार लगायतको सहभागिता रहेको थियो । नगरपालिकामा प्राप्त सामाग्रीहरु नगर क्षेत्रका स्वास्थ्य संस्थाहरुलाई प्रदान गरिने नगरपालिकाले जनाएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच