काठमाडौं। नेपाली राष्ट्रिय टोलीका लेग स्पिनर सन्दीप लामिछानेले एक दिवसीय अन्तर्राष्ट्रिय अलराउन्डर वरियतामा २२ स्थान सुधार गरेका छन् ।
अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) ले बुधबार सार्वजनिक गरेको पछिल्लो वरियतामा सन्दीप ४१औँ स्थानमा उक्लिएका छन्।
अलराउन्डर वरियतामा नेपालका दीपेन्द्रसिंह ऐरी ४८औँ, कुशल मल्ल ५१औँ, सोमपाल कामी ५३,औँ करण केसी ७६औँ, गुलशन झा ९०औँ र ललित राजवंशी ९४औँ स्थानमा छन् ।
दीपेन्द्र र कुशल ६ स्थान तल झरेका छन् भने करणले ११, गुलशनले १३ र ललितले एक स्थान सुधार गरेका छन् । सोमपाल यथावत स्थानमा छन् ।
वरियताको शीर्षस्थानमा अफगानिस्तानका मोहम्मद नवी छन्।
यस्तै ब्याटिङतर्फ आसिफ शेख ७९औँ, कुशल भुर्तेले ८०औँ र रोहितकुमार पौडेल ८७औँ स्थानमा छन् । रोहितको वरियता यथावत् रहेको छ भनेआसिफ ११ र कुशल चार स्थान तल झरेका छन्। ब्याटिङतर्फ पाकिस्तानका बाबर आजम शीर्षस्थानमा छन् ।
बलिङतर्फ सन्दीप लामिछाने ४८औँ, ललित राजवंशी ५२औँ, दीपेन्द्रसिंह ऐरी ६४औँ, करण केसी ८७औँ र सोमपाल कामी ८८औँ स्थानमा छन् । बलिङमा सन्दीपको वरियता यथावत् छ भने ललित दुई, दीपेन्द्र एक र सोमपाल १३ स्थान तल झर्नुभएको छ । करणले चार स्थान सुधार गरेका छन् ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच