पाल्पा । सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल-तानसेन सडक खण्डको सिद्धबाबा क्षेत्रमा निर्माणाधीन सिद्धबाबा सुरुङमार्ग निर्माणको काम धमाधम भइरहेको छ । राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको सुरुङको ‘ब्लास्ट’ गरेपछि काम धामाधम भइरहेको हो ।
हालसम्म सुरुङमार्गको दुईवटा बाइपास सुरुङको ‘ब्रेक थ्रुु’ सकिएको छ । कुल तीनवटा बाइपासमध्ये पहिलो र तेस्रो बाइपासको ‘ब्रेक थ्रुु’ निर्माण सकिएको हो । १५१ मिटर लम्बाइ रहेको पहिलो र १३० मिटर लम्बाइ भएको तेस्रो बाइपासको सुरुङ छिचोलिएर सकिएको आयोजनाले जनाएको छ । दोस्रो बाइपासको ‘ब्रेक थ्रुु’ भने केही समयमै गर्नेगरी काम धमाधम भएको आयोजनाकी इञ्जिनियर सविता ज्ञवालीले बताउनुुभयो । दोस्रो बाइपासको लम्बाइ १६१ मिटर रहेको छ । यसको १२६ मिटर सुरुङ खनेर सकिएको उहाँको भनाइ छ ।
इञ्जिनियर ज्ञवालीका अनुसार दोस्रो बाइपासको खन्ने काम १५ दिन भित्रमा सकिने छ । तर, ‘ब्रेक थ्रुु’ हुन भने समय लाग्नेछ । मुख्य सुरुङ नजोडिएसम्म ‘ब्रेक थु्र’ हुन नसक्ने उहाँको भनाइ छ । डिसेम्बरमा ‘ब्रेक थु्र’ गर्ने गरी निर्माण कम्पनीले काम अगाडि बढाएको ज्ञवालीले बताउनुभयो ।
यहाँ एक हजार १२६ मिटर मुख्य सुरुङको लम्बाइ रहेको छ । सिद्धबाबा सुरुङको ठेक्का दुई वर्ष अगाडिदेखि नै लागेको भए पनि काम भने गत माघदेखि सुरु भएको हो । सुरुङको हालसम्म भौतिक प्रगति २४ दशमलव १७ प्रतिशत र वित्तीय प्रगति २६ दशमलव ४ प्रतिशत सकिएको इञ्जिनियर ज्ञवालीले बताउनुुभयो । उहाँका अनुसार मुख्य सुरुङ ५८७ दशमलव २२ मिटर लम्बाइ खनिएको छ । अहिले तीन सिफ्टमा २४ सै घण्टा काम भइरहेको छ । ठेकेदार कम्पनीले पनि ‘म्यानपावर’ थपेर काम गरिरहेको आयोजनाले जनाएको छ । सुरुङको दुवैतर्फबाट निर्माण कार्य धमाधम भइरहेको हो । चाइना स्टेट कन्स्ट्रक्सन इञ्जिनियरिङ कर्पोरेसनले सुरुङमार्ग निर्माणका लागि सात अर्ब ३४ करोड २१ लाख रुपैयाँमा २०७८ फागुन १ मा ठेक्का पाएको हो । निर्माण कार्यको सन् २०२२ मार्च ९ मा ठेक्का सम्झौता भएर २२ मार्च २०२७ मा सक्नुपर्ने सम्झौता रहेको छ । बुटवलको तल्लो सिद्धबाबादेखि पाल्पाको दोभान चौकीसम्मको करिब तीन किलोमिटर सडक क्षेत्र पहिरोका कारण जोखिमयुक्त भएकाले यहाँ सुरुङमार्ग बनाउन लागिएको हो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच