काठमाडौं । नेपाल एसबिआई बैंकले सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत स्वच्छ तथा हरियाली वातावरण प्रवर्द्धन गर्ने उद्देश्यले बरगाछी-रानी डिभाइडर सौन्दर्यकरण समिति विराटनगरलाई बरगाछी-रानी छ लेन सडकमा वृक्षारोपण कार्यक्रमका लागि आर्थिक सहयोग गरेको छ ।
उक्त सहयोग रकम बैंकका कोशी प्रदेश प्रमुख रविन घिमिरेले विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालालाई हस्तान्तरण गर्नुभएको हो । सो अवसरमा बैंक तथा महानगरपालिकाका अन्य पदाधिकारीसमेतको उपस्थिति थियो । बैंकले दिगो विकास तथा वातावरण संरक्षण गर्ने उद्देश्यले यस्ता गतिविधि समय-समयमा सञ्चालन गर्दै आएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच