काठमाडौं । ग्लोवल आइएमइ बैँक, आइएमइ ग्रुप र आवद्ध कम्पनीका तर्फबाट पाँच करोड रुपैयाँ रकमको चेक प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषका लागि हस्तान्तरण भएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीलाई आईतवार सिंहदरबारमा ग्लोवल आइएमइ बैँक, आइएमइ ग्रुप र आवद्ध कम्पनीका तर्फबाट गु्रपका अध्यक्ष चन्द्रप्रसाद ढकालले सो चेक हस्तान्तरण गर्नुभएको हो । उक्त रकम हालैको बाढी, पहिरो र विपदपछि सञ्चालित उद्धार कोषमा सहयोग भएको मध्ये सबैभन्दा बढी रकम हो । चेक हस्तान्तरणपछि बोल्दै अध्यक्ष ढकालले आउने दिनमा अझ सहयोगलाई बढाउँदै जाने बताउनु भ्यो । उहाँले आईएमई ग्रुप विपद्मा सरकारको साथमा रहेको बताउनु भयो ।
सो अवसरमा प्रधानमन्त्री ओलीले विपद्मा सबै मिलेर पीडितको सहयोग गर्नुपर्ने बताउनु भयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच