घर, जग्गाको समस्या समाधान गर्न सबै व्यवसायीसँग सहकार्य गरी अघि बढ्छु : अध्यक्ष घिमिरे

हिमालय टाइम्स
Read Time = 4 mins

काठमाडाैं । नेपाल जग्गा तथा आवास विकास महासंघका अध्यक्ष विष्णुप्रसाद घिमिरेले देशभरका व्यवसायीका समस्या समाधानमा एक भएर अघि बढ्नुपर्ने बताउनुभएको छ ।

सबै व्यवसायीहरुका समस्या सुनेर समाधान गर्ने बाटोमा आफू अग्रसर हुने बताउनु भयो । शुक्रवार महँसंघको अध्यक्षमा घिमिरे सर्वसम्मत चयन हुनुभएको हो । अध्यक्षमा चयन भएसँगै न्युज एजेन्सी नेपालसँगको कुराकानीमा उहाँले घर जग्गाको क्षेत्रमा रहेका समस्या समाधानका लागि देशभरका व्यवसायीहरुसँग सहकार्य गर्ने बताउनु भयो । उहाँले घर जग्गाको व्यवसाय खस्किएकोमा व्यवसायीमात्रै नभइ सरकार पनि गम्भीर रहेकाले चाँडै समस्या समाधान हुने विश्वास व्यक्त गर्नुभयो ।

उहाँले समस्याको समाधान छिटै हुने र व्यवसायीहरु उत्साहित रहेको उल्लेख गर्नुभयो । छिटै घरजग्गा कारोबार पुरानै लयमा आउने बतउनु भयो । बैंकहरुमा पैसा थुप्रिएर बस्दा पनि त्यसलाई ऋण प्रवाह गर्ने राम्रो खालको कानूनी व्यवस्था नल्याउँदा केही असहजता रहेको बताउनु भयो । बैंकिङ क्षेत्रमा थोरै सुधार भए अहिलेका समस्या समाधान हुने उहाँको विश्वास छ ।

उहाँले भन्नुभयो, ‘सहजतापूर्वक लिएर जान्छु र सबै साथीहरुसँग मिलेर र देशभरका व्यवसायीहरुसँग सहकार्य गरेर अघि बढ्छु । देशभरका व्यवसायीका समस्यालाई लिएर अघि बढ्छु । म निर्विरोध भएका कारणले सम्पूर्ण व्यवसायीहरुले मलाई साथ दिनुहुन्छ भन्ने लाग्छ । सबैले साथ दिँदा जस्तोसुकै चुनौति आएपछि समाधान गर्न सकिन्छ । घर जग्गाको व्यवसाय खस्किएकोमा हामी मात्रै होइन, सरकार पनि चिन्तित रहेछ भन्नेकुरा थाहा पाएका छौँ । हाम्रो सुनुवाई हुन्छ, व्यवसायीहरु उत्साहित छन् र यो व्यवसया पुरानै अवस्थामा आउँछ । राष्ट्र बैंकको नीति नै हामीले भनेको जस्तो नभएको लागेको छ । बैंकहरुमा पैसा थुप्रिएर बस्दा पनि त्यसलाई ऋण प्रवाह गर्ने राम्रो खालको कानूनी व्यवस्था नल्याएको हुनाले अफ्ठ्यारो छ । बैंकिङ क्षेत्रमा थोरै सुधार भयो भने सम्पूर्ण कुराहरुको समाधान हुन्छ ।’

काठमाडौंमा शुक्रवार सम्पन्न तेस्रो महासभाबाट वरिष्ठ उपाध्यक्षमा विदुर धमला, उपाध्यक्षमा राजकुमार राई, दीपक कुँवर र पुरुषेत्तम पौड्याल निर्विरोध चयन भएका छन् । महासचिवमा रोशन भोयद्यो, सचिवमा घनश्याम पोखरेल र कोषाध्यक्षमा अरूणस्तोम त्रिपाठी निर्वाचित भएका छन् । सदस्यमा दशरथ पौडेल, उपेन्द्रप्रसाद अवस्थी, तुलसीप्रसाद अधिकारी, बहादुरकृष्ण ताम्राकार, लीलाबहादुर अधिकारी, मणिकुमार प्रसाईं र देवकुमार महत्तो निर्वाचित भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?