काठमाडौं । आजदेखि देशभरका सिनेमाघरमा चलचित्र ‘झिँगेदाउ’ र ‘सम्हालिन्छ कहिले मन’ प्रदर्शनमा आएका छन् । शुक्रबार प्रदर्शनअन्तर्गत यी दुई चलचित्र प्रदर्शनमा आएका हुन् । ‘झिँगेदाउ’ को बुधबार प्रिमिएर गरिएको थियो । प्रिमियरमा चलचित्रले राम्रो प्रतिक्रिया पाएको थियो । प्रिमिएरमा चलचित्रका निर्देशक ज्ञानेन्द्र देउजा, कलाकार केकी अधिकारी, आँचल शर्मा, मुकुन भुसाललगायत आकर्षणको केन्द्र बन्नुभएको थियो ।
चलचित्रको प्रिमिएर हेर्न चलचित्र विकास बोडका अध्यक्ष भुवन केसी, कलाकार संघका अध्यक्ष रविन्द्र खड्का, मिथिला शर्मा, निर्देशक नवल नेपाल, उत्तम केसी, अशोक शर्मा, नरेश पौडेल, उज्ज्वल घिमिरे, निर्मल शर्मा, स्वस्तिमा खड्कालगायत नयाँ तथा पुराना थुप्रै कलाकर्मीको पुग्नुभएको थियो ।
दाजु-भाइ र देउरानी-जेठानीको घर झगडाको कथा भन्ने चलचित्रमा केकी, मुकुन, आँचलसँगै कुशल विष्ट, हिउँवाला गौतम, संगम भण्डारी, विजय देउजा, आयन खड्का, अभयराज बराललगायत कलाकारको अभिनय छ । चलचित्रमा प्रदीप भारद्वाजको पटकथा छ । चलचित्र भीमनिधि तिवारीको कृति ‘झिँगेदाउ’ मा आधारित रहेर निर्माण भएको हो । कपनगढी सिनेमा र फिल्म क्रु नेपालको व्यानरमा निर्मित यो चलचित्रलाई सुलभ प्रतिक देउजा र समीक्षा देउजाले निर्माण गर्नुभएको हो ।
यस्तै, सुदर्शन थापा निर्देशित चलचित्र ‘सम्हालिन्छ कहिले मन’ त्रिकोणात्मक प्रेमकथा बुनिएको छ । पूजा शर्मा, आकाश श्रेष्ठ, सोनम तोप्देन, गौरी मल्ल, सरोज खनाल, धीरेन शाक्यलगायत कलाकारको यो चलचित्रमा अभिनय छ ।
निर्माण पक्षले शुक्रबार यो चलचित्रको स्पेशल शो आयोजना गर्दैछ । निर्देशक थापाले यो चलचित्रलाई अहिलेसम्म कै उत्कृष्ट मेकिङ भन्दै आउनुभएको छ । यो चलचित्रले पूर्णत मनोरञ्जन प्रदान गर्ने निर्देशक थापाले बताउनुभयो । यी चलचित्रको बुकिङ खुला भएसँगै केही शोज हाउसफुल भएका छन् । चलचित्रको बुकिङ ट्रेण्ड राम्रो देखिएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच