काठमाडौं । समाजशास्त्री तथा नेपाल आदिवासी जनजाति महासंघका पूर्वमहासचिव ओम गुरुङको निधन भएको छ । गुरुङको उपचारको क्रममा सोमबार हरिसिद्धिमा रहेको क्यान्सर अस्पतालमा निधन भएको हो ।
६८ वर्षीय गुरुङ क्यान्सरबाट पीडित हुनुहुन्थ्यो । मानवशास्त्री गुरुङ त्रिभुवन विश्वविद्यालय समाजशास्त्र तथा मानवशास्त्र विभागका पूर्वप्रमुख पनि हुनु हो ।
उहाँ प्राध्यापनका साथै लेखनमा पनि सक्रिय हुनुहुन्थ्यो । उहाँका श्रीमती, एक छोरा र दुई छोरी हुनुहुन्छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच