काठमाडौं । भारतको सिक्किममा भएको पुरुष भलिबल च्याम्पियनसिपमा नेपालको गण्डकी प्रदेश च्याम्पियन बनेको छ । फाइनलमा भारतको मणिपुर भलिबल टिमलाई तीन-एकको सेटमा पराजित गर्दै गण्डकीले उपाधि जितेको हो । पहिलो सेट गुमाएको गण्डकीले त्यसपछिका तीनै सेट आफ्नो पक्षमा पार्यो । गण्डकीले पहिलो सेट ३०-३२ ले गुमाएको थियो । त्यसपछि दोस्रो सेट २५-२० ले जितेको गण्डकीले तेस्रो सेटमा पनि २५-१९ कै सहज जित निकाल्यो ।
चौथो सेटमा सुरुवातदेखि नै पछि परेको गण्डकीले १९-२१ को स्थितिबाट पुनरागमन गर्दै जित २१ मा रोक्दै २५-२१ को जित निकाल्न सफल भयो । उपाधिसँगै गण्डकीले ८० हजार भारतीय रुपैयाँ र शिल्ड जितेको छ । दोस्रो भएको मणिपुरले ६० हजार भारतीय रुपैयाँ हात पारेको छ । गण्डकीका नवीन महतो उत्कृष्ट खेलाडी चुनिनुभयो ।
४०औँ मणिक जयन्ती समारोहका अवसरमा रत्न ज्योति क्लब सिक्किमले भलिबल प्रतियोगिताको आयोजना गरेको थियो । प्रतियोगितामा आठ टिमको सहभागिता रहेको थियो । आठ टोलीले लिग कम नकआउटका आधारमा प्रतिस्पर्धा गरेका थिए ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच