मेलबर्न । स्पेनिस टेनिस स्टार राफायल नाडाल अष्ट्रेलियन ओपनको दोस्रो चरणमा प्रवेश गर्नुभएको छ । मेलबर्नमा सोमबार भएको खेलमा बेलायतका ज्याक ड्रापरलाई पराजित गर्दै नाडाल दोस्रो चरणमा पुग्नुभएको हो । दोस्रो वरीयताका नाडालले ज्याकलाई ७-५,२-६, ६-४ र ६-१ ले पराजित गर्नुभयो ।
दुईपटकको च्याम्पियन नाडालको यो मेलबर्नमा ७७औँ जित हो । महिलातर्फ इमा राडुकानुले दोस्रो चरणमा स्थान बनाउनुभएको छ । चोटबाट मुक्त हुँदै कोर्ट फर्किनुभएकी इमाले जर्मनीकी तामरालाई ६-३ र ६-२ ले पराजित गर्नुभयो ।
यस्तै, अष्ट्रेलियाका निक किरियोसले नाम फिर्ता लिनुभएको छ । घुँडाको चोटका कारण निकले अष्ट्रेलियन ओपनबाट नाम फिर्ता लिनुभएको हो । पहिलो खेल खेल्नु एक दिनअगाडि निकले प्रतियोगिताबाट नाम फिर्ता लिनुभएको थियो । निकले मंगलबार रुसी खेलाडी रोमन साइफुलिनसँग खेल्ने तालिका रहेको थियो । २७ वर्षीय निकले अष्ट्रेलियन ओपन जित्न सक्नुभएको छैन । एजेन्सी ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच