काठमाडौं । नेपाल खेलकुद पत्रकार मञ्चले वार्षिकरूपमा आयोजना गर्दै आएको नेपाली खेलकुद क्षेत्रको प्रतिष्ठित ‘एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड २०७८’ आज (मंगलबार) नेपाल प्रज्ञा प्रतिष्ठानमा एक विशेष कार्यक्रमबीच सम्पन्न गरिँदै छ । खेल क्षेत्रबाट अतुलनीय योगदान गरेर नेपालको नाम अन्तर्राष्ट्रिय क्षेत्रमा चिनाउन मद्दत गर्नेे खेलाडी, प्रशिक्षक, खेलकर्मी वा संस्थालाई उक्त अवार्डमा सम्मानित गरिन्छ । नेपाल खेलकुद पत्रकार मञ्चले २०६० सालदेखि अवार्ड निरन्तर आयोजना गरिरहेको छ ।
यसपटकको १९औँ संस्करणको पल्सर स्पोर्ट्स अवार्डका मा आयोजकले विभिन्न नौ विधामा खेलाडी र खेलकर्मीलाई सम्मानित गरिरहेको छ । पल्सर स्पोर्ट्स अवार्डअन्तर्गत लाइफटाइम एचिभमेन्ट, पारा एथलिट, स्पेसल एसियन स्पोर्ट्स जर्नालिस्ट अवार्ड विधाको विजेता घोषणा कार्यक्रमका दिन नै घोषणा हुनेछ । अन्य पाँच विधामा पाँच-पाँच खेलाडी सार्वजनिक गरिएको छ ।
त्यसमा क्रिकेटका आसिफ शेख, फुटबलका अञ्जन विष्ट, टेनिसकी अभिलाषा विष्ट, पौडीकी डुवाना लामा र भलिबलकी उषा भण्डारी पिपुल्स च्वाइस अवार्डको मनोनयनमा हुनुहुन्छ । उहाँहरूलाई समर्थक, खेल पत्रकार तथा प्रशिक्षकहरूबाट आउने भोटिङका आधारमा विजेता घोषणा गरिनेछ ।
यसपटक वर्ष पुरुष खेलाडीको मनोनयनमा फुटबलका अञ्जन विष्ट र किरण चेम्जोङ, क्रिकेटका कुशल भुर्तेल र दीपेन्द्रसिंह ऐरी तथा ब्याडमिन्टनका प्रिन्स दाहाल रहनुभएको छ । यस्तै, वर्ष महिला खेलाडीको मनोनयनमा भलिबलकी अरुणा शाही, क्रिकेटका रुविना क्षेत्री र सीता रानामगर, एथलेटिक्सकी पुष्पा भण्डारी र बक्सिङकी पुनम रावल रहनुभएको छ ।
त्यसबाहेक वर्ष युवा खेलाडीको मनोनयनमा फुटबलका मनिष डाँगी, बक्सिङका छिरिङ वाङ्दी शेर्पा, ब्याडमिन्टनकी रसिला महर्जन, फुटबलकी प्रीति राई र भलिबलकी उषा भण्डारी तथा वर्ष प्रशिक्षकतर्फ फुटबलका कुवेती अब्दुल्लाह अलमुताइरी, क्रिकेटका अष्ट्रेलियन डेव हृवाटमोर, पारा तेक्वान्दोका कविराज नेगी, बक्सिङका दीपक महर्जन र भलिबलका जगदीश भट्ट मनोनयनमा पर्नुभएको छ ।
विगतमा जस्तै वर्ष पुरुष, महिला, पिपुल्स च्वाइस र वर्ष प्रशिक्षकका विजेताले पल्सर मोटरसाइकल पाउनेछन् । यसपालि युवाका विजेतालाई पनि पल्सर मोटरसाइकल प्रदान गरिने आयोजकले जनाएको छ । अन्य विधाका विजेतालाई ५० हजार रुपैयाँसहित गिफ्ट हृयाम्पर प्रदान गरिनेछ ।
मनोनयनमा परेका खेलाडीहरूको प्रदर्शन
कुशल भुर्तेल
- वर्ष २०७८ मा अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालको दोस्रो सर्वाधिक रनकर्ता । २८ खेलमा एक शतक र सात अर्धशतकसहित ८१६ रन ।
- टी-ट्वान्टी अन्तर्राष्ट्रिय पदार्पणमा नै लगातार तीन अर्धशतकसहित विश्व कीर्तिमान । नेदरल्याण्ड्स र मलेसिया सम्मिलित त्रिदेशीय शृंखलामा आफ्नो पदार्पणमा नै पाँच खेलमध्ये चारमा अर्धशतक । पदार्पण शृंखलामै प्लेयर अफ द सिरिज घोषित । साथै एकै टी-ट्वान्टी अन्तर्राष्ट्रिय सिरिजमा सर्वाधिक रन (२७८) को कीर्तिमान ।
- आइसिसी प्लेअर अफ दी मन्थमा मनोनयन ।
- प्रधानमन्त्री कपमा सर्वश्रेष्ठ ब्याट्सम्यान ।
- टी-ट्वान्टी विश्वकप ग्लोबल छनोटमा फिलिपिन्सविरुद्ध शतक र ओमानविरुद्ध अर्धशतक । पाँच खेलमा १०२.५ को औसतले २०५ रन बनाउँदै प्रतियोगिताकै तेस्रो सर्वाधिक र नेपालको सर्वाधिक रनकर्ता ।
- आइसिसी विश्वकप लिग-२ को पदार्पणमा अमेरिकाविरुद्ध ८४ रन तथा तीन क्याच लिएर प्लेयर अफ द म्याच घोषित ।दीपेन्द्र सिंह ऐरी (क्रिकेट)
वर्ष २०७८ मा नेपालले खेलेको अन्तर्राष्ट्रिय क्रिकेटमा सर्वाधिक रनकर्ता (१८ खेलमा ८३५ रन बनाउनुका साथै २० विकेट) । - नेदरल्याण्ड र मलेसियाविरुद्धको टी-ट्वान्टी अन्तर्राष्ट्रिय शृंखलामा पाँच खेलमध्ये चार पालिमा ७३.५० को औसत र २१६.१७ कोस्ट्राइक रेटमा दुईपटक अविजित रहँदै १४७ रन ।
- पपुवा न्युगिनी र मलेसियाविरुद्ध त्रिदेशीय टी-ट्वान्टी अन्तर्राष्ट्रिय शृंखलामा मलेसियाविरुद्ध ११० रन । जुन टी-२० मा नेपाली ब्याट्सम्यानको व्यक्तिगत सर्वाधिक स्कोर हो ।
- पाँच खेलमा ८५ को औसत र १७१.१४ को शानदार स्ट्राइक रेटमा २५५ रन । उक्त सिरिजको प्लेयर अफ द सिरिज । पपुवा न्युगिनीविरुद्धको जितमा प्लेयर अफ द म्याच घोषित हुँदा ३८ बलमा अविजित ५४ रन बनाउनुका साथै १८ रन खर्चेर ४ विकेट ।
- टी-ट्वान्टी विश्वकप छनोट युएई २०२२ मा नेपालको सर्वाधिक रनकर्ता । पाँच खेलमध्ये चार पालिमा ५३ को औसतमा १५९ रन तथा ३ विकेट ।
- पपुवा न्युगिनीविरुद्ध घरेलु एकदिवसीय अन्तर्राष्ट्रिय शृंखलामा १०५ रनको शतकीय पालि ।अञ्जन विष्ट (फुटबल)
- विश्वकप २०२२ तथा एएफसी एसियन कप २०२३ को छनोटअन्तर्गत समूह बीमा चाइनिज ताइपेईविरुद्ध गोल ।
- १३औँ साफ च्याम्पियनसिपमा श्रीलंका र बंगलादेशविरुद्ध गोल ।
- एनएसएलमा सर्वश्रेष्ठ फरवार्ड ।किरण चेम्जोङ (फुटबल)
- साफ च्याम्पियनसिपमा फाइनल पु¥याउने कप्तान ।
- आई लिग च्याम्पियन बनाउने खेलाडी ।
- आई लिगमा सर्वश्रेष्ठ गोलरक्षक ।
- एनएसएलमा धनगढी उपविजेता हुँदाको कप्तान ।
- अफ्रिकी राष्ट्र मोरिससविरुद्धको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा पेनाल्टी सेभ ।प्रिन्स दाहाल (ब्याडमिन्टन)
- विश्व ब्याडमिन्टन महासंघले प्रकाशित गरेको सूचीमा विश्वको नम्बर एक जुनियर ब्याडमिन्टन खेलाडी बन्न सफल ।
- लिनिङ ११औँ पुष्पलाल स्मृति ¥याङकिङ राष्ट्रिय ब्याट्सम्यान प्रतियोगिता २०७८ मा स्वर्ण ।
- योनेक्स सनराइज चौथो जेष्ट राष्ट्रिय ब्याडमिन्टन च्याम्पियनसिप २०७८ मा स्वर्ण ।
- दोस्रो प्रधानमन्त्री कप खुल्ला राष्ट्रिय ¥याङकिङ ब्याडमिन्टन प्रतियोगितामा स्वर्ण ।
- प्रथम भक्तपुर राष्ट्रव्यापी ब्याडमिन्टन च्याम्पियनसिप २०७८ मा रजत पदक ।
- रिभाइभ राष्ट्रिय ब्याडमिन्टन च्याम्पियनसिपमा रजत ।
- एसियन ओलम्पिक परियोजनामा छात्रवृत्ति ।
वर्षका सर्वश्रेष्ठ महिला खेलाडी मनोनयन
सीता राना मगर
- वर्ष २०७८ मा नेपालको सर्वाधिक रनकर्ता तथा दोस्रो सर्वाधिक विकेटकर्ता । सात खेलमा २२१ रन तथा ८ विकेट ।
- कतार भ्रमणअन्तर्गत टी-ट्वान्टी अन्तर्राष्ट्रिय सिरिजको दोस्रो खेलमा अविजित ८२ रन । जुन नेपाली महिला क्रिकेटको टी-ट्वान्टी अन्तर्राष्ट्रियमा हालसम्मकै सर्वाधिक व्यक्तिगत स्कोर ।
- आइसिसी महिला टी-ट्वान्टी विश्वकप एसिया छनोटमा नेपालको सर्वाधिक रन र विकेटकर्ता ।
- पाँच खेलमा १०० रन तथा छ विकेट ।
- प्रतियोगिताका दुई खेलमा प्लेयर अफ द म्याच ।
- आफ्नो कप्तानीमा एपिएफलाई प्रधानमन्त्री कप महिला टी–२० राष्ट्रिय प्रतियोगिता, ललितपुर मेयर महिला च्याम्पियनसिप जिताउन सफल । प्रधानमन्त्री कपको फाइनलमा प्लेयर अफ द म्याच ।रुविना क्षेत्री
- वर्ष २०७८ मा नेपालको सर्वाधिक विकेटकर्ता । आठ खेलमा नौ विकेट तथा ९६ रन ।
- आफ्नो कप्तानीमा कतारविरुद्ध ऐतिहासिक पहिलो टी–२० अन्तर्राष्ट्रिय सिरिज जित । सिरिज ३-० ले क्लिन स्विप गर्दा प्लेयर अफ द सिरिज घोषित ।
- आफ्नो कप्तानीमा प्रदेश–१ लाई प्रधानमन्त्री कप टी–२० को फाइनल पु¥याउन सफल । सो प्रतियोगितामा प्लेयर अफ द सिरिज घोषित ।अरुणा शाही (भलिबल)
नेपालले बंगलादेशको ढाका मिरपुरमा भएको एसियन सेन्ट्रल जोन महिला भलिबल च्याम्पियनसिपको उपाधि रक्षा नेपालले गर्दाको कप्तान । नेपाल समूह चरणका पाँच खेल र फाइनलमा उज्वेकिस्तानलाई हराएर अपराजित यात्रासहित च्याम्पियन बनेको । - प्रतियोगिताको बेष्ट सेटर ।
- छैटौँ एनभिए कपमा बेष्ट सेटर ।पुनम रावल (बक्सिङ)
- थाइल्याण्ड अन्तर्राष्ट्रिय खुला बक्सिङ प्रतियोगितामा ६० केजी तौलसमूहमा कांस्य पदक ।
- सन् २०१० मा दीपक महर्जनले जितेको कांस्य पदकपछि नेपाल बक्सरले दिलाएको पहिलो पदक । त्यसबेला सो प्रतियोगिता किङ्स कपका नाममा हुने गर्दथ्यो ।पुष्पा भण्डारी (एथलेटिक्स)
- दोस्रो बंगबन्धु शेख मुजिब ढाका म्याराथन २०२२ मा उपाधि रक्षा अभियानमा कांस्य पदक ।
- केटिएम सिटी टेनके रन २०२२ स्वर्ण ।
- दशौँ धरान रन टेनके रन २०२० स्वर्ण ।
- किसुनजी मेमोरियल ओपन महिला तथा पुरुष राष्ट्रिय हाफ म्याराथन स्वर्ण ।
- धारा नेपालगञ्ज म्याराथन २०७८ रजत पदक ।
- प्रोटिन हाफ म्याराथन २०७८ रजत पदक ।
- तेस्रो गणेशमान सिंह टेनके रन रजत पदक ।वर्षका सर्वश्रेष्ठ युवा खेलाडी मनोनयन
मनिष डाँगी (फुटबल) - अन्तर्राष्ट्रिय फुटबल पदार्पणमा एसियाकै हेभिवेट फुटबल राष्ट्र इराकविरुद्ध दर्शनीय गोल ।
- साफ फुटबल च्याम्पियनसिपको उद्घाटन खेलमा आयोजक माल्दिभ्सविरुद्ध निर्णायक गोल ।
- मच्छिन्द्र क्लबलाई लिग च्याम्पियन बनाउन योगदान ।प्रीति राई (फुटबल)
- अन्तर्राष्ट्रिय फुटबलको पदार्पणमा नै बंगलादेशविरुद्ध गोल ।
- साफ महिला फुटबल च्याम्पियनसिपको सेमिफाइनलमा दावेदार भारतलाई हराउन महŒवपूर्ण योगदान । रश्मिकुमारी घिसिङले गरेको निर्णायक गोलमा प्रीतिको उत्कृष्ट एसिस्ट ।
- भारतविरुद्धको सो खेलमा प्लेअर अफ दी म्याच ।छिरिङ वाङ्दी शेर्पा (बक्सिङ)
युएईको दुबइमा भएको एएसबिसी युथ तथा जुनियर बक्सिङ च्याम्पियनसिपमा कांस्य पदक । सो उपलब्धि हासिल गर्नेक्रममा कुवेतका बक्सरलाई सजिलै पाँच-शून्यले हराएको ।रसिला महर्जन - रिभाइभ राष्ट्रिय ब्याडमिन्टन च्याम्पियनसिपमा स्वर्ण ।
- प्रथम बाह्रबिसे खुला राष्ट्रिय ब्याडमिन्टन च्याम्पियनसिपमा स्वर्ण ।
- प्रथम भक्तपुर राष्ट्रव्यापी ब्याडमिन्टन च्याम्पियनसिप २०७८ मा स्वर्ण ।
- योनेक्स सनराइज चौथो जेष्ट राष्ट्रिय ब्याडमिन्टन च्याम्पियनसिप २०७८ मा स्वर्ण ।
- दोस्रो प्रधानमन्त्री कप खुला राष्ट्रिय ¥याङकिङ ब्याडमिन्टन प्रतियोगितामा स्वर्ण ।
- लिनिङ ११औँ पुष्पलाल स्मृति ¥याङकिङ राष्ट्रिय ब्याटसम्यान प्रतियोगिता २०७८ मा रजत ।उषा भण्डारी (भलिबल)
- पालले दोस्रो पटक सेन्ट्रल जोन भलिबलको उपाधि जित्दाको महŒवपूर्ण सदस्य ।
- एनभिए राष्ट्रिय महिला तथा पुरुष भलिबल च्याम्पियनसिपमा महिलातर्फ उत्कृष्ट खेलाडी घोषित ।
- टाइगर कपको उपाधि विजेता बन्दा उत्कृष्ट खेलाडी ।
- माल्दिभ्समा सम्पन्न युथ च्याम्पियनसिप प्रतियोगितामा फेल्कन क्लबलाई उपाधि दिलाउन सफल । प्रतियोगिताको उत्कृष्ट खेलाडी तथा वेष्ट ६ प्लेयरमा पर्न सफल ।वर्षका सर्वश्रेष्ठ प्रशिक्षकको मनोनयन
अब्दुल्लाह अलमुताइरी (फुटबल) - नेपाललाई पहिलोपटक एएफसी एसियन कप २०२३ को छनोटको तेस्रो चरण, एसिया कपमा छनोटसम्म पु¥याउने प्रशिक्षक ।
- माल्दिभ्समा भएको १३औँ साफ च्याम्पियनसिपमा नेपालले पहिलोपटक फाइनलमा पुगेर इतिहास बनाउन योगदान दिने प्रशिक्षक ।
- दुई खेलको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण शृंखलामा नेपाल अलमुताइरीको प्रशिक्षकत्वमा अफ्रिकी देश मोरिससलाई दुवै खेलमा पराजित गर्न सफल । नेपाल पहिलोपटक अफ्रिकी राष्ट्रसँग अन्तर्राष्ट्रिय फुटबलमै शृंखला जित्न सफल ।डेभ हृवाटमोर (क्रिकेट)
- नेदरल्याण्ड र मलेसियाविरुद्धको घरेलु टी–ट्वान्टी अन्तर्राष्ट्रिय शृंखलामा नेपालको ऐतिहासिक जित । नेदरल्याण्डविरुद्ध नेपालले बनाएको २३८ रन हालसम्मकै नेपालको उच्च टी–२० अन्तर्राष्ट्रियमा टिम योगफल । सिरिजमा पहिले ब्याटिङ गरेको तीनवटै खेलमा नेपाल २ सयमाथिको योगफल बनाउन सफल । नेदरल्याण्डविरुद्ध नेपालले १४२ रनको हालसम्मकै उच्च रनअन्तरको जित ।
- पपुवा न्युगिनीविरुद्ध एकदिवसीय अन्तर्राष्ट्रिय सिरिज जित ।
- विश्वकप लिग-२ अन्तर्गत ओमान र अमेरिकासँगको सिरिजमा घरेलु टोली ओमानविरुद्ध नेपालको एकदिवसीय अन्तर्राष्ट्रियमा ऐतिहासिक पहिलो जित ।कविराज नेगी (पारा तेक्वान्दो)
- नेगीको प्रशिक्षकत्वमा पलेसा गोवद्र्धनले बहराइनको मनामामा भएको एसियन युथ पारा गेम्समा स्वर्ण पदक ।
- एसियन युथ गेम्समा नेगीकै प्रशिक्षकत्वमा सिर्जना घिसिङलाई रजत र विशाल गर्बुजाबाट कांस्य पदक पनि नेपाललाई प्राप्त ।
- इरानको तेहरानमा भएको डब्ल्युटी प्रेसिडेन्ट कप एसिया रिजनमा के ४४ क्याटगरीमा सिर्जना घिसिङले इरान र टर्कीका खेलाडीलाई हराएर रजत पदक जित्दाको प्रशिक्षक ।
- डब्ल्युटी प्रेसिडेन्ट कप एसिया रिजन प्रशिक्षक नेगीको टिम नेपालले फेयर प्ले अवार्ड जित्न सफल ।
- टोकियो पारालम्पिकमा नेगीको प्रशिक्षकत्वमा पलेसा दुई खेल (अमेरिका र सर्वियाका खेलाडीलाई हराएको) जितेर इतिहास कायम गर्न सफल । यसअघि पारालम्पिकमा नेपालले एक खेल पनि जितेको थिएन ।दीपक महर्जन (बक्सिङ)
- युएईको दुबइमा भएको एएसबिसी युथ तथा जुनियर बक्सिङ च्याम्पियनसिपमा नेपाललाई तीन कांस्य पदक दिलाउने प्रशिक्षक ।
- महर्जनको प्रशिक्षकत्वमा छिरिङ वाङ्दी शेर्पा, स्वस्तिका तिरुवा र नारिका राई कांस्य पदक जित्न सफल ।जगदीश भट्ट (भलिबल)
- नेपालले बंगलादेशको ढाका मिरपुरमा भएको एसियन सेन्ट्रल जोन महिला भलिबल च्याम्पियनसिपको उपाधि रक्षा नेपालले गर्दाको प्रशिक्षक । नेपाल समूह चरणका पाँच खेल र फाइनलमा उज्वेकिस्तानलाई हराएर अपराजित यात्रासहित च्याम्पियन बनेको ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच