3rd August | 2020 | Monday | 5:15:04 PM

दलका कार्यकर्तालाई चुनावी चटारो किसानलाई धानको बिऊ

चन्द्रकान्त खनाल   POSTED ON : जेठ १९, २०७४ (३:५० PM)

दलका कार्यकर्तालाई चुनावी चटारो किसानलाई धानको बिऊ

हिमालय टाइम्स रुपन्देही ।  मौसम अनुकल भएपछि रुपन्देही लगायत यस आसपासका किसानहरुले धानको बिऊ राख्ने चटारोमा छन् । तर यहाँका राजनैतिक दलहरु भने स्थानीय चुनावी चटारोमा घरदैलो कार्यक्रममा भोट माग्न ब्यस्त देखिन्छन् ।

 जिल्ला कृषि विकास कार्यालय  रुपन्देहीका अनुसार किसानहरुले अनुदान धानको बिऊ लैजाने काम धमाधाम चलिरहेको जनाएको छ । अन्य निजी बिऊ भण्डार केन्द्र तथा एग्रोभेटहरु भन्दा ४० प्रतिशत अनुदानमा किसानलाई जिल्ला कृषि विकास कार्यालयले धानको विउ उपलब्ध गराउदै आएको बताएको छ । 

केन्द्रीय कार्याक्रम अनुसार रुपन्देहीको लागि २ सय  ७० मेट्रिक टन धानको विउ अनुदानको लागि आएको थियो । सोही अनुरुपा अहिले किसानहरुले धानको विउ लैजाने क्रम जारी रहेको जिल्ला कृषि विकास कार्यालय रुपन्देहीका बरिष्ठ कृषि विकास अधिकृत भोजराज सापकोटा वताए । उनका अनुसार ४० प्रतिशत अनुदानमा किसानलाई धानको विउ वितरण गरिएको  छ । 

केही दिन देखि रुपन्देही लगायतका जिल्लाहरुमा बर्षा भएको कारण किसानहरुले विउ राख्ने सुरसारमा छन् । 

जिल्ला कृषि विकास कार्यालय रुपन्देहीको तथ्यांक अनुसार आर्थिक बर्ष २०७२÷०७३ मा   आर्थिक बर्ष अघिल्लो बर्षको भन्दा कम कुल ६९ हजार ६ सय हेक्टर क्षेत्रफलमा मात्र धान खेती  भएको छ । जसबाट कुल ३ लाख २० हजार १ सय ६० मेट्रिक टन धान उत्पादन भएको छ । जुन तथ्यांक अघिल्लो आर्थिक बर्षको भन्दा  उत्पादनमा  ९.१७ प्रतिशत र क्षेत्रफलकामा कुल १.२८ प्रतिशत कमी हो । 

रुपन्देहीमा ६९ हजार हेक्टर खेतीयोग्य जमिन छ । जसमध्ये १० हेक्टर क्षेत्रफलमा मात्र बाह्रै महिना सिंचाई सुविधा पुगेको बताइन्छ । कार्यालयले हर्दिनाथ– १, रामधान, सुख्खाधान ३, सुख्खाधान ६, नामका उन्नत बीउ अनुदानमा वितरण गरेको हो ।

कृषि तथा वालि विज्ञान अनुसन्धान केन्द्रबाट  सिफारिस गरिएका  राधा –४ , सावा मनसुनी, साबित्री, राधा –१७, सर्जु –५२, सर्जु–३९, लगाएतका धान जिल्लाको हावापानी तथा माटो सुहाउदो भएको  कृषी कार्यालयले  जनाएको छ । हाईब्रेड जातमा  गोरखनाथ र मयुर तथा भारतसंग सिमाना जोडीएका गाविसहरुमा भारतीय विभिन्न  हाइब्रेड जातका धानका विउ समेत रोप्ने गरेको  सालझन्डीका कृषक  टेकराज भुसालले बताए ।  


Views: 319