पूर्वाञ्चलमा ५६० मेगावाट विद्युत उत्पादन हुँदै

बिजय बोध लावती   POSTED ON : फाल्गुन २०, २०७४ (७:०८ AM)

पूर्वाञ्चलमा ५६० मेगावाट विद्युत उत्पादन हुँदै


पाँचथर ।  पूर्वाञ्चलको विभिन्न जिल्लामा ३७ वटा जलविद्युत आयोजना निर्माणधिन रहेका छन् । नेपाल विद्युत प्राधिकरण र निजी क्षेत्रको लगानीमा संचालित ५६० मेगावाट भन्दा बढी क्षमताको जलविद्युत आयोजनाहरु निर्माणाधिन रहेकाछन् । बगेर खेर गइरहेका खोलाबाट विद्युत्  निर्माणधिन आयोजनाहरु पूरा भएपछि पूर्बाञ्चलका १६ जिल्ला लोडसेडिङ मुक्त हुने अपेक्षा गरिएको छ ।

 इलाम, पाँचथर, ताप्लेजुङ, तेह्थुम, संखुवासभा, सोलुखुम्बू, खोटाङ, ओखलढुङ्गा र भोजपुरमा संचालित आयोजनाबाट ५ लाख ६० हजार किलोवाट अर्थात ५ सय ६० मेगावाट विद्युत उत्पादन हुने विद्युत प्राधिकरणले लक्ष्य राखेको छ । विद्युत प्राधिकरण विद्युत विकास विभागले मुलुकभर १ सय ६८ आयोजनासित विद्युत खरिद विक्री सम्झौता गरी निर्माण अनुमति दिएकोमा पुर्बाञ्चलमा ३७ वटा आयोजनाहरु छन् । 

विद्युत प्राधिकरणको क्षेत्रीय निर्देशनालयका प्रमुख दिनेसराज दिर्बेदीका अनुसार विद्युत प्राधिकरणको विद्युत खरिद सम्झौता प्रतिवेदन अनुसार–


सोलुखम्बूमा निर्माणाधिन ७ वटा आयोजनाबाट ३ सय १५ मेगावाट,

 पाँचथरमा ५ वटा आयोजनाबाट एक सय मेगावाट,

 इलाममा दश वटा आयोजनाबाट ८० मेगावाट,

 संखुवासभाबाट ७ वटा आयोजनाबाट ४५ मेगावाट,

 ताप्लेजुङमा १४ मेगावाट, 

खोटाङमा ७ मेगावाट,

 ओखलढुङ्गामा ७ मेगावाट, 

तेह्रथुममा ४ मेगावाट, 

भोजपुर २ मेगावाट 

मोरङमा १ मेगावाट क्षमताको विद्युत आयोजना निर्माणाधिन छन् । 


निर्माणाधिन विद्युत आयोजना मध्ये पाँचथर पावर कम्पनी प्रालिको २ अर्ब २५ करोड रुपैंया“ लगानीमा १५ मेगावाट क्षमताको पाँचथरको हेवा खोला ‘ए’ जलविद्युत आयोजना निर्माण कार्य सकिएको छ । पाँचथरमा अर्को माउन्टेन हाइड्रो नेपाल प्रालिद्वारा ३ अर्ब ६६ करोड लगानीमा २१ मेगावाटको तल्लो हेवा जलविद्युत आयोेजना ९० प्रतिशत निर्माण कार्य भैसकेको मेनेजर गणेश सुब्बा बताउछन् । काबेली इनर्जी लिमिटेडले पाँचथर र ताप्लेजुङको सिमाना काबेली खोला ए जलविद्युत आयोजना ३७ मेगावाटको निर्माणको चरणमा रहेको साइड प्रमुख बिरेन्द्र श्रेष्ठले बताए । त्यसैगरीे कावेली बी–१ जलविद्युत आयोजना २५ मेगावाट, खोरङगा खोला हाइड्रोपावर कम्पनीको ९ सय ९ किलोवाट क्षमताको विद्युत निर्माणाको अन्तिम चरणमा पुगेको अरुण काबेली पावर लिमिटेडल अध्यक्ष गुरु मैनाली बताउँछन् ।

इलाममा सानिमा हाइड्रोपावर प्रालिले माइ खोलाबाट २२ मेगावाट, सोही कम्पनीको माइ कस्केड विद्युत आयोजना ७ मेगावाट, माइभ्याली हाइड्रोपावर प्रा.लि.को माथिल्लो माइखोला विद्युत आयोजना १० मेगावाट, सोही कम्पनीको माथिल्लो माइ खोला तेश्रो जलविद्युत ५ मेगावाट, हिमाल दोलखा हाइड्रोपावर कम्पनीले माइखोला साना कस्केड आयोजना ८ मेगावाट, सोही कम्पनीले माइखोलाबाट ४.५ मेगावाट, इङगुवा हाइड्रोपावर कम्पनीले माथिल्लो इङगुवा खोलाबाट ९.७ मेगावाट, सन्भी इनर्जी प्रालिको जोगमाइ खोला ७.६ मेगावाट र पुवा खोला ए हाइड्रोपावर प्रालिले पुवा खोला–१ प्रथम ४ मेगावाट, जोशी हाइड्रोपावर डेभ्लपमेन्ट कम्पनीको पुवामझुवा  माथिल्लो पुवा खोला प्रथम ३ मेगावाट विद्युत आयोजना निर्माणाधिन रहेको सुपरमाइ हाइड्रोका मेनेजर सन्तोस कार्कीले बताए । 

ताप्लेजुङमा शिवानी हाइड्रोपावर कम्पनीको ताप्लेजुङ फावा खोलाबाट ५ मेगावाट, संखुवासभामा माया खोला हाइड्रोपावर कम्पनीले माया खोलाबाट १५ मेगावाट, रिभरफल्स हाइड्रोपावर डेभ्लपमेन्ट प्रालिले तल्लो पिलुवा खोलाबाट ९.५ मेगावाट, दिपसभा हाइड्रोपावर प्रालिको सभाखोला ए ८ मेगावाट, वरुण हाइड्रोपावर डेभ्लपमेन्ट कम्पनीको हेवा खोला जलविद्युत आयोजना ४.५ मेगावाट, मेन्छियाम हाइड्रोपावर प्रालिको माथिल्लो पिलुवा खोला दोश्रो जलविद्युत आयोजना ४.५ मेगावाट, दिव्यश्वरी हाइड्रोपावर प्रालिको सभाखोला जलविद्युत ४ मेगावाट, अरुणभ्याली हाइड्रोपावर कम्पनीको पिलुवा खोला जलविद्युत ३ मेगावाट र वानेश्वर हाइड्रोपावर प्रालिले संखुवासभाको तल्लो पिलुवा खोला ९ सय ९० किलोवाट उत्पादन हुने भएके छ ।

 भोजपुरमा इष्टर्न हाइड्रा्ेपावर कम्पनीले २.५ मेगावाट क्षमताको पिखुवाखोला जलविद्युत आयोजना, ओखलढुङ्गामा मोलुङ हाइड्रोपावर कम्पनीले मोलुङखोला ७ मेगावाट बन्ने भएको छ । तेह्रथुम जिल्लामा रिलायवल हाइड्रोपावर कम्पनीले खोरुङ्गा खोलाबाट ४.८ मेगावाट, खोटाङमा दुधकोशी पावर कम्पनीले रावा खोलाबाट ६.५ मेगावाट, साप्सु कालिका हाइड्रोपावर कम्पनीले मेवा खोलाबाट एक मेगावाट, र मोरङको माथिल्लो खदम खोलाबाट ९ सय ९० किलोवाट क्षमताको विद्युत आयोजनाको निर्माण कार्य भइरहेको छ ।

सोलुखुम्बूबाट सोलु खोला दुधकोशी जलविद्युत ८६ मेगावाट, नम्वर हिमालय हाइड्रोपावर प्रालिले लिखु खोला ए जलविद्युत २४.२ मेगावाट, माथिल्लो सोलु हाइड्रोइलेक्ट्रिक कम्पनीले सोलुखोलाबाट २३.५ मेगावाट तल्लो सोलुखोलाबाट ८२ मेगावाट बन्ने भएके छ । पान हिमालय इनर्जी प्रालिले रामेछापसंग सिमा जोडिएको लिखु खोला प्रथम जलविद्युतबाट ५१.४ मेगावाट, ग्लोवल हाइड्रोपावर एसोसिए लिमिटेडले लिखु खोला दोश्रो जलविद्युत ३३.४ मेगावाट, र दोभान हाइड्रोपावर कम्पनीले सोलुखम्बूको जुनबेंशी खोलाबाट ५.२ मेगावाट क्षमताको जलविद्युत आयोजना निर्माणाधिन रहेको नेपाल विद्युत प्राधिकरणले जनाएको छ । अधिकांस निजी लगानीमा निर्माण हुन लागेका यी आयोजनामा वाणिज्य बैंकहरुले ऋण लगानी भएको बुझिएको छ । 

 उत्त बिद्युत आयोजनाहरु केन्द्रीय प्रशारण लाइनमा जडान गर्न क्षमता बृद्धिका लागि नेपाल विद्युत प्राधिकरणले झापाको लखनपुरदेखि इलामको गोधाक हुदै पाँचथरको अमरपुरसम्मको १३२ किलोभोल्ट क्षमताको विद्युत लाइन तथा सवस्टेसन निर्माणाधिन छन् । नेपाल वद्युत प्राधिकरणका इन्जिनियर महेन्द्र वान्तावाका अनुसार सवस्टेसन र प्रशारण लाइनको काम समयमै नसकेसम्म निर्माणाधिन जलविद्युत आयोजनाहरु कुनैहालतमा सक्नुपर्ने बाध्यता रहेको बताउनु भयो । समयमै १३२ किलोभोल्ट सवस्टेसन र प्रसारण लाइन नसकिएको अवस्थामा करोडौ रुपैया बराबरको उत्पादन भएको बिद्युत त्यसै खेर जान सक्छ । 


Top