30th September | 2020 | Wednesday | 5:23:33 AM

१३ विधामा २५ उद्यमीसहित विवादित हायातलाई पनि सिआइपी सम्मान

लेखनाथ पोखरेल   POSTED ON : माघ २९, २०७६ (११:१४ AM)

१३ विधामा २५ उद्यमीसहित विवादित हायातलाई पनि सिआइपी सम्मान

काठमाडौं । सरकारले मुलुकको आर्थिक विकास महŒवपूर्ण योगदान पु-याउने उद्योगी व्यवसायीलाई महŒवपूर्ण व्यावसायिक व्यक्ति (सिआइपी) सम्मान प्रदान गरेको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयद्वारा मंगलबार आयोजित विषेश समारोहबीच प्रधानमन्त्री केपी शर्मा ओलीले विभिन्न १३ विधामा २५ उद्यमी व्यवसायीलाई सिआइपी सम्मान प्रदान गरे । 

तेस्रो मुलुकतर्फ निर्यात रकमका आधारमा सबैभन्दा बढी वस्तु निर्यात गर्ने त्रिवेणी स्पेनिङ मिल्स प्रालिका रामचन्द्र संघाई सम्मानित भएका छन् । उनको कम्पनीले गत आर्थिक वर्षमा ३ अर्ब ५६ करोड २९ लाख बराबरको धा निर्यात गरेर व्यापारघाटा न्यूनीकरणमा महŒवपूर्ण योगदान पु¥याएको थियो । 

त्यस्तै उनी गलैचातर्फ दि सांग्रीला कार्पेट एण्ड हृयाण्डीक्राफ्ट इण्डष्ट्रिका दोर्जे ग्याल्जेन लामा रहेका छन् । उनले ९४ करोड १७ लाख बराबरको निर्यात गरेका थिए । तयारी पोशाकतर्फ काठमाडौं स्टार फेसन प्रालिका राहुलमान शाक्य छन् । उनले ८२ करोड ८७ लाख बराबरको निर्यात गरेका थिए । त्यस्तै पश्मिनातर्फ एभरेष्ट पश्मिना निटिङ एण्ड वेभिङ इष्ड्रष्टिज प्रालि सूर्यकुमार गुरुङ छन् । 

उनले ४८ करोड १४ लाख बराबरको निर्यात गरेका थिए भने उनी फेल्टतर्फ एभरेष्ट फेशनका रविन श्रेष्ठ छन् । उनले ६९ करोड ७१ लाख बराबरको निर्यात गरेका थिए । भारततर्फ रकमका आधारमा सर्वाधिक निर्यात गर्ने डावर नेपाल प्रालिका हरकिरत सिंह वेदी रहेका छन् । डावरले १२ अर्ब ७० करोड ६७ लाख बराबरको निर्यात गरेको छ । 

आरती स्ट्राईप्स प्रालि दिव्यराज सापकोटा छन् । उनको कम्पनीले ५ अर्ब ३ करोड ३५ लाख बराबरको निर्यात गरेको छ भने हुलास वायर इण्डष्ट्रिजकी युक्ति गोल्छा सम्मानित भएकी छन् । उनको कम्पनीले ४ अर्ब ९५ करोड ६० लाख बराबरको निर्यात गरेको छ । चीनतर्फको निर्यातमा पेम्बा दोर्जे शेर्पा, विश्वराज बस्नेत र मछिन्द्र पाण्डे सम्मानित भएका छन् । न्यू हस्तकला एक्सपोर्टका शेर्पाले ४३ करोड ६० लाख बराबरको निर्यात गरेका छन् भने गणेश हिमाल इम्पोर्ट एण्ड एक्सपोर्ट प्रालिका बस्नेतले ३९ करोड ३३ लाख बराबरको निर्यात गरेका छन् । न्यू प्यागोडा इन्टरप्राइजेजका पाण्डेले २२ करोड ४२ लाख बराबरको निर्यात गरेका छन् । 

नेपालको मौलिक सीप, कला र संस्कृति झल्किने हस्तकलाका वस्तुको निर्यातबाट सबैभन्दा धेरै रकम भिœयाउने गोपीप्रसाद कँडेल र वाणिज्य नीति, २०७२ र नेपाल व्यापार एकीकृत रणनीति (एनटीआइएस) २०७३ ले प्राथमिकतामा राखेका निर्यात सम्भावनायुक्त वस्तुमध्ये कृषिजन्य वस्तु र जडिबुटीजन्य वस्तुको सबैभन्दा बढी निर्यात गर्ने सुजनकुमार श्रेष्ठ तथा निर्वाणकुमार चौधरी पनि सम्मानित भएका छन् । 

पिपुल्स क्राफ्ट एक्सपोटका कँडेलले १७ करोड ३७ लाख बराबरको निर्यात गरेका छन् भने मनराम हिमालयन हृयाण्डिक्राफ्टस प्रालिका श्रेष्ठले ८३ करोड ८४ लाख बराबरको निर्यात गरेका छन् । त्यस्तै सिजी बायोटेक प्रालिका निर्वाणकुमार चौधरीले ३१ करोड ८५ लाख बराबरको निर्यात गरेका छन् । निर्यात व्यापारमा कुल रकमको आधारमा सबैभन्दा बढी निर्यात गर्ने महिला निर्यातकर्ता राजलक्ष्मी गोल्छा, सफटवेर निर्यातमा प्रथम स्थान हासिल गर्ने दिपेश प्रधान र सबैभन्दा बढी लगानी गर्ने उत्पादनमूलक उद्योग होङ्सी शिवम् सिमेन्टका लिऊ शु कुवाङ सम्मानित भएका छन् । 

सबैभन्दा बढी रोजगारी सिर्जना गर्ने पवनकुमार गोल्यान र बैंकिङ प्रणालीमार्फत सबैभन्दा बढी रेमिट्यान्स भिœयाउने आइएमई लिमिटेडका अध्यक्ष चन्द्रप्रसाद ढकाल पनि सम्मानि भएका छन् । हुलास वायर्स इण्डष्ट्रिजका गोल्छाले ४ अर्ब ९५ करोड ६० लाख बराबरको निर्यात गरेकी छन् भने एलआइएस नेपाल प्रालिका प्रधानले १९ करोड ११ लाख बराबरको निर्यात सफ्टवेयर निर्यात गरेका छन् । होङसीले १० अर्ब ७१ करोड बराबरको लगानी गरेको छ । त्यस्तै आइएमइले २६१ अर्ब ९८ करोड ५१ लाख बराबरको रेमिट्यान्स भिœयाएको छ । 

त्यस्तै रिलायन्स स्पिनिङ मिल्सका पवनकुमार गोल्यानले ४ हजार १ सय २८ जनालाई रोगगारी प्रदान गरेका छन् । पर्यटनतर्फ सबैभन्दा बढी विदेशी मुद्रा आर्जन गर्ने होटल व्यवसायी तारागाउँ रिजेन्सी होटलका सुरेशलाल श्रेष्ठ, सबैभन्दा बढी निर्यात गर्ने युवा उद्यामी सुनिता शेर्पा र अक्षय गोल्यान पनि सम्मानित भएका छन् । तारा गाउले १ अर्ब ३ करोड २५ लाख रुपैयाँ विदेशी मुद्रा आर्जन गरेको छ भने फेल्ट एण्ड यार्न प्रालिकी शेर्पाले ८ करोड ८८ लाख बराबरको निर्यात गरेकी छन् । 

त्यस्तै रिलायन्स स्पिनिङ मिल्स प्रालिका गोल्यानले ८ अर्ब ७ करोड बराबरको धागो निर्यात गरेका छन् । त्यसैगरी वाणिज्य क्षेत्रमा प्रवद्र्धनात्मक कार्य गरी मुलुकको आर्थिक विकासमा उल्लेख्य योगदान पु¥याउने निजी क्षेत्रका प्रतिनिधिमूकल सस्थाका अध्यक्ष पनि सम्मानि भएक छन् । 

यस्तो मानार्थ सम्मान पाउनेमा नेपाल उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणा, नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष राजेशकाजी श्रेष्ठ र नेपाल उद्योगंघ परिसंघका अध्यक्ष सतिशकुमार मोर रहेका छन् । सिआइपी सम्मान हरेका दुई वर्षमा प्रदान गरिँदै आएको छ ।

सिआइपी सम्मानितलाई सुविधै सुविधा

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव बैकुण्ठ अर्यालका अनुसार सिआइपी सम्मानबाट सम्मानति हुनेले विभिन्न ६ प्रकारका सुविधा प्राप्त गर्नेछन् । उनीहरूले परिचयपत्र, सिआइपी लोगो तथा प्रमाणपत्र पाउनेछन् । सम्मान प्राप्त गर्ने व्यक्तिले प्रधानमन्त्री, उपप्रधानमन्त्री, मन्त्री तथा वरिष्ठ सरकारी पदाधिकारीसँग औपचारिक भेटघाट गर्ने अग्राधिकार प्राप्त गर्नेछन् । त्यस्तै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन तथा प्रस्थान कक्षमा रहेको ‘सिआइपी लाउन्ज’ र नेपालको अन्य विमानस्थलमा रहेको विशिष्ट व्यक्तिको लागि राखिएको ‘भिआइपी’ कक्षको सुविधा प्राप्त गर्नेछन् । 

सरकारी तथा निजी क्षेत्रले आयोजना गर्ने उद्योग, वाणिज्य क्षेत्रका सबै समारोहमा प्राथमिकतका साथ आमन्त्रण र आसनको व्यवस्था हुनेछ । विदेशमा आयोजना हुने व्यापारिक तथा औद्योगिक मेला एवं प्रदर्शनीमा प्रतिनिधित्व गर्न प्राथमिकता पाउनेछन् । यस्तै सार्क क्षेत्रका मुलुकको भ्रमणका लागि ‘सार्क भिसा’ उपलब्ध गराउन सिफारिश प्राप्त गर्नेछन यतिमात्र नभई अन्य सरकारी निकायसँगको समन्वयमा थुप्रै सुविधा प्राप्त गर्ने उनले बताएका छन् ।

विवादित हायातलाई पनि सिआइपी

सरकारले विवादमा रहेको तारा गाउँ रिजेन्सी होटल (हायात) लाई पनि सिआइपी सम्मान प्रदान गरेको छ । हायात होटललाई जग्गा हस्तान्तरणमा अनियामितता भेटिएको भन्दै यसमा संलग्नमाथि कारबाही अघि बढाउन संसदीय समितिले निर्देशन दिएको थियो । अन्तर्राष्ट्रिय सम्बन्ध समितिले गठन गरेको छानविन उपसमितिले होटलका नाममा जग्गा हस्तान्तरण गर्दा, लिज दिँदा र होटल सञ्चालनमा आउँदा अनियमितता गरेको निष्कर्ष निकालेको हो । उपसमितिले मन्त्रिपरिषद्, पर्यटन, संस्कृति तथा नागरिक उड्डयन मन्त्रालय, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय र अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई कारबाही अघि बढाउन निर्देशन दिएको थियो । 

तारागाउँ विकास समितिको विषयमा अनुसन्धान गर्न तत्कालीन नेकपा सांसद अग्नि सापकोटाको संयोजकत्वमा पाँच सदस्यीय उपसमिति गठन भएको थियो । उपसमितिले जग्गा होटलको नाममा हस्तान्तरण गर्दा, लिजमा दिँदा र होटल सञ्चालन गर्दा अनियमितता भएको ठहर गरेको थियो । संसदीय उपसमितिले तारागाउँ विकास समितिको मुख्यालय, नगरकोट, ककनी, पोखरामा रहेको तारागाउँका रिसोर्ट, न्यूरोडस्थित सम्पत्ति र तारागाउँको लगानी रहेको तारागाउँ रिजेन्सी होटल्स लिमिटेड स्थलगत निरीक्षण गरेको थियो । 

तारागाउँले काठमाडौंको बौद्धमा पाँच तारे होटल हायात सञ्चालन गर्दै आएको छ । निजी साझेदारीले होटलको शेयर संरचनामा चलखेल गरी सरकारी स्वामित्व घटाउँदै लगेको उपसमितिको ठहर छ । 

निजी क्षेत्रका अप्ठ्यारा सामाधान गर्ने प्रतिबद्धता

प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार तथा निजी क्षेत्रको साझा प्रयासबाट मात्र मुलुकको समृद्धि सम्भव हुने बताएका छन् । सिआइपी सम्मान समारोहलाई सम्बोधन गर्दै उनले निजी क्षेत्रका अप्ठ्यारा र असुविधा सम्बोधन गर्न सरकार तयार रहेकोे बताए । उनले निर्यात व्यापारमा देखिएका समस्या समाधान गर्न सरकारले पहलकदमी लिएको भन्दै पछिल्लो पटक पाम आयाल निर्यातमा देखिएको समस्या समाधान गरेको बताए । 

उनले उत्पादन वृद्धि, रोजगारी सिर्जना तथा आयात प्रतिस्थापन र निर्यात अभिवृद्धिमा लाग्न निजी क्षेत्रलाई आग्रह गर्दै सरकारकाको पूर्णरूपमा साथ र सहयोग रहने विश्वास दिलाए । राजनीति परिवर्तनपछि मुलुक आर्थिक समृद्धिको चरणमा रहेको उल्लेख गर्दै उनले अबका प्रयास सुशासन र आर्थिक विकासमा केन्द्रित हुने बताए । 

उनले सुशासानविना समृद्धि नहुने भन्दै निजी क्षेत्रले पनि सुशासनमा जोठ दिनुपर्ने बताए । उनले भने, विकास र समृद्धिका लागि निजी क्षेत्रको सामूहिक सहयोगको खाँचो छ, सुशासन र देश विकासमा हाम्रो सामूहिक प्रयास लगाउनुपर्छ ।, सुशासन विकास र समृद्धिको बाधक नभएको पनि उनले प्रष्ट पारे । उद्योग, वाणिज्य तथा आपूर्ति राज्यमन्त्री मोतिलाल दुगडले मुलुकको आर्थिक समृद्धिमा निजी क्षेत्रको महŒवपूर्ण भूमिका रहेको भन्दै सिआइपी सम्मानबाट निजी क्षेत्रको मनोबल बढको बताए । सम्मानित व्यक्तित्वतर्फबाट नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष भवानी राणाले सिआइपी सम्मानबाट व्यवसायीमा उत्साह थपिएको भन्दै समृद्धिका लागि निजी क्षेत्र सरकारसँग हातेमालो गर्दै अघि बढ्ने बताइन् ।


Views: 288