13th July | 2020 | Monday | 1:14:24 AM

सलह किरा रोकथाममा गम्भीर बन्न कांग्रेसको अपील

हिमालय टाइम्स   POSTED ON : असार १५, २०७७ (८:०१ AM)

सलह किरा रोकथाममा गम्भीर बन्न कांग्रेसको अपील

काठमाडा । नेपाली कांग्रेसले सलह किरा नेपालमा प्रवेश हुँदैछ भन्ने थाहा पाउँदासमेत यस्को रोकथाममा कुनै ध्यान नदिएको भन्दै सरकारको ध्यानाकर्षण गराएको छ । नेपाली कांग्रेस संसदीय दलका संयोजक पदम नारायण चौधरीले आइतबार एक बिज्ञप्ति जारी गर्दै सलह किरा नियन्त्रणमा सरकार चुकेको बताउनुभयो । उहाँले बिज्ञप्तिमार्फत नै किरा रोकथाममा गम्भीर बन्न सरकारलाई अपील गर्नुभयो । 

उहाँले नेपाल सरकारका सम्बन्धित निकायबाट यस विनाशकारी किरा नेपालमा प्रवेश गर्ने कम सम्भावना रहेको भन्दै प्रभावकारी ढंगले पूर्व तयारी नगरेको प्रति कांग्रेसको  आपत्ति रहेको जनाउनुभयो । उहाँले सरकारको यस किसिमको उदासिन प्रवृत्तिले नेपालीलाई एक पछि अर्को आघात पुगेको बताउनुभयो । 

उहाँले सलह किराबाट हुने सम्भावित क्षतिलाई मध्यनजर गर्दै उक्त किराको रोकथाम तथा नष्ट गर्नको लागि सरकारबाट आवश्यक कदम चाल्नुका साथै क्षति न्यूनिकरणका लागि गम्भीर हुन माग गर्नुभयो ।  

अफ्रिकी मुलुकबाट अरविया हुँदै एसियाका विभिन्न देशबाट नेपालको तराई क्षेत्रमा सलह किरा प्रवेश गरिसकेको छ । यो किरा तराई क्षेत्रबाट पहाडका जिल्लाहरुमा पनि पुग्ने क्रम बढिरहेको छ । करोडौं संख्याको समूहमा उड्ने सलह किराले हरियो वनस्पतिलाई तीब्र रुपमा सखाप पार्ने गर्दछ । किराले अन्नबालीलाई क्षति पु¥याएर भविष्यमा भोकमरीलाई निम्त्याउने उच्च खतरा रहेको छ । मुलुक कोरोना महामारीसँग जुधिरहेकोे अवस्थामा सलह किराको आक्रमण अर्को चुनौतीका रुपमा हामी सामु आइसकेको छ । असामन्य रुपमा यसले बालीनालीलाई क्षति पु¥याउने हुँदा हामीले अर्को क्षति व्यहोर्नु पर्ने प्राय निश्चित छ । जारी बिज्ञप्तिमा उल्लेख छ । 


Views: 55