13th July | 2020 | Monday | 2:22:34 AM

एडिबीद्वारा २२ अर्ब सहुलियत ऋण स्वीकृत

  POSTED ON : असार १५, २०७७ (११:०० AM)

     एडिबीद्वारा २२ अर्ब सहुलियत ऋण स्वीकृत

 काठमाडौँ ।   एशियाली विकास बैंक (एडिबी) ले नेपालको विद्युत् आपूर्ति र वितरण प्रणालीमा सुधार गर्न नेपाललाई रु २२ अर्ब सहुलियतपूर्ण ऋण उपलब्ध गराउने भएको छ ।     

     

यहाँस्थित एडिबीको देशीय कार्यालयका अनुसार नेपालको विद्युत् आपूर्ति क्षमता विस्तार, गुणस्तर र विश्वसनीयता सुधार, उत्पादन र भारप्रेषण केन्द्रको सुदृढीकरणका लागि उक्त रकम सहुलियत ऋणस्वरुप नेपाललाई प्रदान गर्न स्वीकृत भएको हो ।     

     

उक्त रकम काठमाडौँ उपत्यका, भरतपुर महानगरपालिका, पोखरा उपमहानगरपालिकाका साथै प्रदेश नं २ मा विद्युत् आपूर्ति र वितरणलाई प्रभावकारी तुल्याउन खर्च गरिने छ ।  

Views: 38