10th August | 2020 | Monday | 5:55:49 PM

विश्व बैंकका नयाँ निर्देशकद्वारा आर्थिक पुनस्र्थापनामा जोड

हिमालय टाइम्स   POSTED ON : असार १८, २०७७ (९:४६ AM)

विश्व बैंकका नयाँ निर्देशकद्वारा आर्थिक पुनस्र्थापनामा जोड

काठमाडौं । विश्व बैंकले मल्दिभ्स, नेपाल र श्रीलंकाका लागि नयाँ राष्ट्रिय निर्देशक नियुक्त गरेको छ । बुधबार फारिस हदाद जर्भोस माल्दिभ्स, नेपाल र श्रीलंकाका लागि विश्व बैंकको नयाँ राष्ट्रिय निर्देशकमा नियुक्त गरिएको विश्व बैंकले जनाएको छ । 

उहाँले काठमाडौं उपक्षेत्रीय कार्यालयमा आधारित रहने गरी विश्व बैंकतर्फबाट मल्दिभ्स, नेपाल र श्रीलंकाको नेतृत्व गर्दै करिब ५ अर्ब ५० करोड अमेरिकी डलरबराबरको चालु कार्यक्रमको नेतृत्व गर्नु हुने विश्व बैंकद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ । यस नियुक्तिअघि हदाद जर्भोस नेपालका लागि विश्व बैंकका राष्ट्रिय प्रबन्धक हुनुहुन्थ्यो । 

अमेरिकाका नागरिक हदाद जर्भोस सन् १९९६ देखि विश्व बैंकसँग आबद्ध हुनुहुन्छ भने यसअघि उहाँले मलेसिया र बोलिभियामा पनि राष्ट्रिय प्रबन्धकका रूपमा काम गरिसक्नुभएको छ । यसअघि खाडी मुलुकमा प्राविधिक सहकार्य प्रबन्धकका रूपमा, इराकमा मिसन प्रमुखका रूपमा र वेष्ट बैंक र गाजा क्षेत्रमा सञ्चालन प्रबन्धकका रूपमा काम गरिसक्नुभएको विश्व बैंकले जनाएको छ । कोरोनाका कारण जनस्वास्थ्य र आर्थिक क्षेत्रमा परेका तत्काल र दीर्घकालीन असरको सम्बोधन गर्न तीनवटै देशले शीघ्र कदम चाल्नुपर्ने आवश्यकता रहेको सन्र्दभमा उहाँको नियुक्ति भएको विश्व बैंकले जनाएको छ । 

हदाद जर्भोसले भन्नुभयो, ‘देशहरूले कोरोकाविरुद्ध जनजीवन र जनजीविकाको संरक्षण गर्दै आर्थिक सुधार र पुनस्र्थापना गर्नु सबैभन्दा महŒवपूर्ण छ, विश्व बैंकले आर्थिक लगानी तथा सहयोग गरेका कार्यक्रममार्फत कोरोनाले जन स्वास्थ्य र आर्थिक क्षेत्रमा निम्त्याएका असरलाई कम गर्नु र रोजगारीका अवसरको सिर्जना गर्दै समावेशी र दिगो विकासको सुनिश्चितता गर्नु मेरो पहिलो प्राथमिकता रहनेछ । यसका लगि म तिनै राष्ट्रका सरकार, विकासका साझेदार, निजी क्षेत्र र नागरिक समाजसँग मिलेर काम गर्न उत्सुक छु ।’ विश्व बैंकले मल्दिभ्स, नेपाल र श्रीलंकाका सरकारलाई कुल ३५ करोड डलरभन्दा बढीको कोरोना आपत्कालीन प्रतिकार्य परियोजनाअन्तर्गत सहयोग गरिरहेको छ, जसले यी राष्ट्रमा यस कोरोना रोकथाम, पहिचान र प्रतिकार्य गर्न र जनस्वास्थ्य प्रणाली पूर्वतयारीलाई सुदृढ गर्न मद्दत गर्ने विश्व बैंकले जनाएको छ ।

विश्व बैंकले कोरोना सन्दर्भमा जनस्वास्थ्यसम्बन्धी तत्काल आवश्यकताको सम्बोधन गर्न नेपालमा २ करोड ९० लाख डलर बराबरको आपत्कालीन प्रतिकार्य परियोजनासहित सरकारसँग सहकार्य गरिरहेको छ । यसका साथै यस संकटले निम्त्याएका आवश्यकता परिपूर्ति गर्नेगरी विद्यमान पोर्टफोलियोको करिब २० प्रतिशत परियोजनाको पुनर्संरचना गरिएको पनि विश्व बैंकले जनाएको छ । कोरोना संकटको प्रभावकारी प्रतिकार्य गर्न राहत, पुनर्संरचना तथा योजना निर्माणमा सरकारलाई सहयोग गर्न गठित अन्य बहुपक्षीय विकास बैंकसहितको सल्लाहकार प्यानलमा विश्व बैंक पनि एक सदस्यका रूपमा छ । पूर्वाधार, मानव विकास, वित्त र सुशासनलगायत क्षेत्रमा २५ सक्रिय परियोजनासहित नेपालमा विश्व बैंकको कुल ३ अर्ब डलरबराबरको पोर्टफोलियो छ । विश्व बैंकले आगामी १५ महिनासम्ममा १ खर्ब ६० अर्ब डलरबराबरको आर्थिक सहयोग विभिन्न १ सय राष्ट्रमा विस्तार गरिने जनाएको छ ।

 फोटो छ


Views: 124