15th August | 2020 | Saturday | 6:46:34 AM

सुनको भाउ फेरि बढ्यो, कति पुग्यो तोलाको ?

  POSTED ON : श्रावण १६, २०७७ (१२:०० PM)

सुनको भाउ फेरि बढ्यो, कति पुग्यो तोलाको ?


काठमाडौँ ।  सुनको भाउ  आज फेरि बढेको छ । सुन तोलामा ३ सय रुपैयाँ बढेर तोलामा ९९ हजार ३ सय रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।  केही दिनदेखि सुनको भाउ लगातार बढिरहेको छ । हिजो तोलामा ५ सय रुपैयाँ बढेर सुनको भाउ तोलामा ९९ हजार रुपैयाँ तोकिएको थियो । चाँदीको भाउ भने आज एकैदिन तोलामा २५ रुपैयाँ घटेर तोलाको १२ सय रुपैयाँ निर्धारण गरिएको छ । हिजो चाँदी तोलामा १२ सय २५ रुपैयाँमा कारोबार भएको थियो ।

Views: 121