25th September | 2020 | Friday | 9:57:57 PM

कोरोनाले विदेशमा १९१ नेपालीको मृत्यु

हिमालय टाइम्स   POSTED ON : श्रावण २६, २०७७ (१२:४२ AM)

कोरोनाले विदेशमा १९१ नेपालीको मृत्यु

काठमाडौं । कोरोना महामारीका कारण विदेशमा मात्र १ सय ९१ जना नेपालीको मृत्यु भएको छ । गैरआवासीय नेपाली संघ(एनआरएनए)का अनुसार भारतमा गत साता थप २ जनाको कोरोनाका मृत्यु भएको छ । 

एनआरएनएअन्तर्गतको स्वास्थ्य समितिका संयोजक डा सञ्जीव सापकोटाका अनुसार गतसाता भारत, अष्ट्रेलिया, बेल्जियम, पोल्याण्ड, फ्रान्स, कतार, साउदी अरेवियामा रहेका नेपालीमा थप नयाँ संक्रमण देखिएको छ । अघिल्लो हप्ताको तुलनामा मध्यपूर्वका मुलुक कतार, युएई, साउदी अरबलगायतका मुलुकमा कोरोना संक्रमण दरमा कमी आएको छ । 

गतसाता अष्ट्रेलिया रहेका १४६ जना नेपालीमा नयाँ संक्रमण थपिएको समितिले जनाएको छ । समितिका अनुसार अघिल्लो साता लग्जेम्वर्गमा रहेका नेपालीमा सामूहिक रूपमा देखिएको कोरोना संक्रमित संक्रमणमुक्त हुँदै गएका छन् भने लग्जेम्वर्गमा करिब दुई दर्जन नेपालीमा कोरोना संक्रमण रहेको र बाँकी आइसोलेसनमा रहेका छन् । विश्वमा ३८ देशमा रहेका नेपालीहरू कोरोना संक्रमित भएकोमा १६ मुलुकमा रहेका नेपालीको मृत्यु भएको छ ।

कोरोना भाइरसका कारण बेलायत, युएई, साउदी अरब, बहराइन, कुवेत, कतार, आयरल्याण्ड, जापान, टर्की, नेदरल्याण्ड र स्वीडेन, भारत, नेपाल, साउथअफ्रीकालगायत नेपालीहरूको मृत्यु भएको छ । ४६ हजार ३ सय १२ जनाको उद्धार

लकडाउनका कारण विदेशमा अलपत्र नेपालीको एनआरएनए, नेपाली राजदूतावास र कूटनीतिक नियोगबीचको सहकार्यमा ५८ देशबाट ४६ हजार ३ सय १२ जनाको नेपालीहरूको उद्धार गरिएको छ । उद्धार गरिएकामध्ये सबैभन्दा धेरै संयुक्त अरब इमिरेट्सबाट १२ हजार ५ सय १ जना, साउदीबाट ६ हजार ९ सय ९७, मलेसियाबाट ६ हजार ७ सय ९४, कुवेतबाट ६ हजार ३ सय २९ र कतारबाट ५ हजार २ सय ५१ जना रहेका छन् ।

त्यस्तै अफगानिस्तानबाट ३३, ओमानबाट ६ सय ३६, म्यानमारबाट २६, थाइल्याण्डबाट ३ सय २६, दक्षिण कोरियाबाट ७ सय २०, बंगलादेशबाट ८ सय ४१, माल्दिभ्सबाट ७ सय ९,सिंगापुरबाट २ सय ९७, हङकङबाट ८९, पाकिस्तानबाट ७२, बहराइनबाट ९ सय ८०, अमेरिकाबाट ४ सय २३, बेलायतबाट २ सय २९, इजरायलबाट १ सय २७, चीनबाट २ सय आठ, टर्कीबाट १ सय १० जना रहेका छन् । त्यस्तै फिलिपिन्सबाट २ सय १ जना, स्वीट्जरल्याण्डबाट १० जना, इराकबाट ३९ जना, दक्षिण सुडानबाट २ सय ५० जना, सेन्ट्रल अफ्रिकन रिपब्लिकबाट ६८ जना, श्रीलंकाबाट ५ जना जापानबाट १ हजार २३ जना र भारतबाट उडानमार्फत ८५ जना फर्किएका छन् । 

२ सय ४६ जनाको शव ल्याइयो 

विदेशमा विविध कारण मृत्यु भएका २ सय ४६ जनाको शव नेपाल ल्याई परिवारलाई बुझाइएको छ । १ सय ७२ जनाको गन्तव्य मुलुकमै अत्येष्टिका लागि सहमति प्राप्त भएको छ । विदेशमा मृत्यु भएका ४ सय ९४ जनामध्ये अझै ७६ जनाको शव ल्याउन बाँकी रहेको कोभिड १९ उच्चस्तरीय समिति एनआरएनका प्रवक्ता चिरन शर्माले जानकारी दिनुभएको छ ।


Views: 38

सम्बन्धित सामग्री:

रु ६० मा एककिलो प्याज

: आश्विन ९, २०७७ (८:५६ PM)