26th September | 2020 | Saturday | 7:47:30 PM

विवादास्पद ‘कम्पनी ओम्नी’ कालो सूचीमा

हिमालय टाइम्स   POSTED ON : भदौ २९, २०७७ (१:१९ PM)

विवादास्पद ‘कम्पनी ओम्नी’ कालो सूचीमा

काठमाडौं ।  विवादास्पद कम्पनी ओम्नी विजनेस कर्पोरेसन इन्टरनेशनल प्रालिलाई सार्वजनिक खरिद अनुगमन कार्यालयले कालो सूचीमा राखेको छ । 

कार्यालयले सोमबार सूचना जारी गर्दै ओम्नीलाई एक वर्षको लागि कालोसूचीमा राख्ने निर्णय गरेको जानकारी दिएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँगको भएको सम्झौता अनुसार चीनबाट तोकिएको समयमा स्वास्थ्य सामग्री ल्याउन नसकेको ओम्नी कालो सूचीमा परेको हो ।

नेपालमा कोरोना भाइरस संक्रमण देखिएसँगै यसको परीक्षणका लागि स्वास्थ्य सेवा विभागले चीनबाट स्वास्थ्य उपकरण ल्याउन यो समूहसँग सम्झौता गरेको थियो । 

 सार्वजनिक खरिदसम्बन्धी कानुनको समेत बेवास्ता गर्दै बिना प्रतिस्पर्धा २० प्रतिशतभन्दा महँगो मूल्यमा स्वास्थ्य खरिद सम्झौता भएको थियो। चौतर्फी आलोचनापछि  स्वास्थ्य सेवा विभागले गत चैत १९ गते ओम्नीसँगको उपकरण खरिद सम्झौता रद्द गरेको थियो।

विभागले सिफारिस गरेको करिब ५ महिनापछि भदौ २० गते बसेको सार्वजनिक खरिद अनुगमन कार्यालयको बैठकले ओम्नीलाई एक वर्षको लागि कालो सूचीमा राख्ने निर्णय गरेको हो ।


Views: 47