28th September | 2020 | Monday | 8:08:44 PM

सर्वेक्षण भन्छ, इन्टरनेटमा ९५ प्रतिशत गलत जानकारी

  POSTED ON : भदौ ३०, २०७७ (८:२० AM)

सर्वेक्षण भन्छ, इन्टरनेटमा ९५ प्रतिशत गलत जानकारी

काठमाडौं । विश्वव्यापी रूपमा इन्टरनेटको प्रयोग बढ्दो क्रममा छ । तर इन्टरमार्फत जथाभावी रूपमा सूचना वा जानकारी प्रवाह गर्ने प्रवृत्तिका कारण सर्वसाधारणले गतल सूचनमात्रै पाइरहेको एक अध्ययनले देखाएको छ । सेन्टर फर मिडिया रिसर्च नेपालको सर्वेक्षण एक सर्वेक्षणअनुसार नेपालका ९५.५ प्रतिशत इन्टरनेट प्रयोगकर्ताले इन्टरनेटसम्बन्धी गलत सूचनामात्रै पाउने गरेका छन् । खासगरी युट्युब, फेसबुक र ट्वीटरजस्ता सामाजिक सञ्जालमार्फत गलत सूचना प्रवाह हुने गरेको हो । 

सेन्टरले सन् २०१९ को नोभेम्बरमा गरेको नेपाल ट्वीटर प्रयोगकर्ता सर्वेक्षण २०१९ मा सहभागी प्रयोगकर्ताको जवाफका आधारण यस्तो निष्कर्ष निकालेको सेन्टरका अध्यक्ष ऋषिकेश दाहालले जानकारी दिनुभएको छ । त्यस्तै ८५.६ प्रतिशतले युट्युबले गलत सूचना प्रवाह गरेको गुनासो गरेका छन् । त्यस्तै दुई तिहाइभन्दा धेरैले फेसबुकबाट र आधाभन्दा बढीले ट्वीटरले गलत सूचना प्रवाह भएको जनाएका छन् । 

१७ प्रतिशतले भने अन्य वेबसाइटबाट र एकदमै थोरैले पत्रपत्रिकाबाट पनि गलत सूचना प्रवाह भएको उल्लेख गरेका छन् । त्यसो त मिडिया अनुसन्धानकर्ता तिलक पाठकका अनुसार पछिल्ला दुई वर्षमा भएका सर्वेक्षणले मिडियाको विश्वसनीयता ९० प्रतिशतभन्दा बढी देखाएको छ, यस हिसाबले नेपालमा आम सर्वसाधारणले मूलधारको मिडियालाई अत्याधिक विश्वास गर्छन् । 

सर्वेक्षणमा गतल सूचना हाम्रो लागि समस्या हो कि होइन वा भविष्यमा समस्या बन्न सक्छ कि सक्दैन भनेर पनि सोधिएको थियो । दुई तिहाइभन्दा बढी लगभग ७४ प्रतिशतले नेपाली समाज र राजनीतिका लागि गलत सूचना समस्या भइसकेको बताए भने १२ प्रतिशतले यो भविष्यमा समस्याका रूपमा आउने विचार व्यक्त गरे ।

थप ११ प्रतिशतले भने समस्या भइसकेको तर थाहा नभएको हुनसक्ने बताए । करिब ९७ प्रतिशतले गलत सूचना समाजका लागि समस्या बनिसकेको बताए भने ८७ प्रतिशतले इन्टरनेटमा आउने गलत सूचनाले चिन्तित बनाएको बताए । पाँच प्रतिशतले भने चिन्ता नलागेको बताए । उत्तरदातामध्ये धेरैले इन्टरनेटमा गलत सूचनालाई न्यूनीकरण गर्न सरकार र मिडियाको प्रमुख भूमिका हुने बताएका छन् । ४० प्रतिशतले मिडियालाई र ३८ प्रतिशतले सरकारलाई सबैभन्दा बढी उत्तरदायी हुनुपर्ने बताएका छन् भने ३२ प्रतिशतले प्रयोगकर्तालाई र ३० प्रतिशलले सूचनाको माध्यम सबैभन्दा बढी उत्तरदायी हुनुपर्ने बताएका छन् । 

नागरिक समाजलाई गतल सूचना न्यूनीकरणमा सबैभन्दा बढी उत्तरदायी ठान्नेको संख्या २२.५ प्रतिशत छ भने अन्य सरोकारवालालाई ९ प्रतिशतले उत्तरदायी ठानेका छन् । शैक्षिक संस्था, समाजिक सञ्जालमा सक्रिय र तथ्यजाँचकर्ता पनि उत्तरदायी हुनुपर्ने उनीहरूले बताएका छन् । 

सेन्टरका पूर्वअध्यक्ष भुवन केसीले आगामी निर्वाचनमा मात्रै नभएर नागरिकका राजनीतिक एवं सामाजिक मुद्दालाई नै प्रभाव पार्नसक्ने गलत सूचना नेपालको लोकतन्त्रका लागि नै ठूलो खतरा भएको बताउनुभएको छ । उहाँले भन्नुयो, ‘हामीले नागरिकका स्वतन्त्रतालाई हनन् नगर्ने गरी मिथ्या सूचनाविरुद्ध ठोस र प्रभावकारी योजना बनाउन सकेनौं भने हाम्रो लोकतन्त्रले ठूलो जोखिमको सामना गर्नुपर्नेछ ।’ पत्रकार उमेश श्रेष्ठले मिथ्या सूचनाकोे महामारीको युगमा तथ्य जाँचको महŒवपूर्ण भूमिका हुने बताउनुभयो तर उत्तिकै भूमिका सरकार, राजनीतिक दल, सञ्चारमाध्यम, नागरिक समाज र शिक्षक, स्वास्थ्यकर्मी एवं अगुवाको पनि हुने उहाँको भनाइ छ ।


Views: 42