21st October | 2020 | Wednesday | 8:09:15 AM

नेपाल चेम्वर अफ कमर्स म्याग्दीको प्रथम अधिवेशन, अध्यक्षमा रकाल

ध्रुर्बसागर शर्मा   POSTED ON : आश्विन १०, २०७७ (८:३८ PM)

नेपाल चेम्वर अफ कमर्स म्याग्दीको प्रथम अधिवेशन, अध्यक्षमा रकाल

म्याग्दी । नेपाल चेम्वर अफ कमर्स म्याग्दीको अध्यक्षमा युवा व्यवसायी भरत बहादुर रकाल शाही चयन हुनुभएको छ । बेनीको शिखर होटलमा भएको प्रथम बार्षिक साधारण सभा तथा प्रथम अधिवेशनबाट रकाल इन्टरप्राजेस प्रालिका संचालक समेत रहेका युवा व्यवसायी शाहीको अध्यक्षतामा नयाँ कार्य समिति चयन भएको हो ।

समितिकोे बरिष्ठ उपाध्यक्ष यामनाथ सुवेदी, उपाध्यक्षमा प्रकाश सापकोटा र गंगा केसी, महासचिवमा संम्झना अधिकारी, कोषाध्यक्षमा कुलबहादुर बोहोरा, सचिवमा प्रविन सापकोटा र सह– कोषाअध्यक्षमा कुशल पौडेल रहेको २७ सदस्यीय समिति गठन गरिएको छ ।

कार्यक्रममा नेपाल चेम्वर अफ कमर्सका गण्डकी प्रदेश अध्यक्ष तथा केन्द्रीय सदस्य यदुनाथ अधिकारीले चेम्बरले व्यवसायीको हितका लागि काम गरिरहेको बताउनुभयो । 

कार्यक्रममा युवा व्यवासायी धनबहादुर छन्त्याल, म्याग्दी जेसीजका अध्यक्ष सुजन बरुवाल,चेम्बरका पोखराका कोषाध्यक्ष कमल बस्नेत, महासचिव राजु श्रेष्ठ, अर्जुन शर्माले बोल्नुभएको थियो ।  विसं २००७ सालमा स्थापना भएको चेम्वर अफ कमर्सले नेपालमा संचालित उद्योग तथा व्यवसायीहरुको हकहित तथा अन्तर्राष्ट्रिय व्यापारमा सहजीकरण गर्दै आएको छ ।



Views: 93

सम्बन्धित सामग्री: