21st October | 2020 | Wednesday | 7:19:18 AM

राष्ट्र बैंकले ग्राहकको गुनासो सम्बोधन गर्ने

  POSTED ON : आश्विन १४, २०७७ (८:५६ AM)

राष्ट्र बैंकले ग्राहकको गुनासो सम्बोधन गर्ने

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाका ग्राहकका गुनासाको व्यवस्थितरूपमा सम्बोधन गर्न वित्तीय ग्राहक संरक्षण तथा गुनासो व्यवस्थापन कार्यविधि २०७७ लागू गरेको छ । कार्यविधिअनुसार ग्राहकका गुनासा सुनुवाइ तथा सम्बोधन गर्न इकाइ र समिति रहनेछ । ग्राहकले विस्तृत विवरणसहित नेपाल राष्ट्र« बैंकको वित्तीय गुनासो सुनुवाइ इकाइमा निवेदन दिएको खण्डमा समाधान गरिने कार्यविधिमा उल्लेख छ ।

वित्तीय सेवा प्रदायकले प्रचलित कानुन तथा राष्ट्र« बैंकबाट जारी निर्देशनको प्रतिकुल हुनेगरी सेवाग्राहीलाई कुनै प्रकारको विभेद, असहयोग वा बेवास्ता गरी वा गैरजिम्मेवार कार्य गरी आर्थिक वा गैरआर्थिक वा दुवै प्रकारको हानी पुग्ने कार्य गरे वा गराएको वा झुठो वा गलत सूचना प्रवाह गरी निष्पक्ष, विश्वसनीय र पारदर्शी वित्तीय मध्यस्थता सेवा लिन र दिन असहयोग गरेमा वा प्रचलित कानुन, नियम, निर्देशनको परिधिबाहिर गई ग्राहकको अहित हुने कार्य गरेको वा गराएको लागेमा गुनासो निवेदन पेश गर्न सकिनेछ । 

गुनासो निवेदनकर्ताले पूरा नाम, सम्पर्क ठेगाना, मोबाइल नम्बर, इमेल ठेगाना, गुनासो रहेको वित्तीय सेवा प्रदायकको नाम, ठेगाना र कारोबार प्रकार, आर्थिक तथा गैरआर्थिक हानी नोक्सानीको विस्तृत विवरण, गुनासो सम्बन्धमा अदालत वा अन्य निकायमा उजुरी गरे र नगरेको विवरण र त्यस्तो उजुरी गरेको भए निर्णय तथा कारबाहीको अवस्था र गुनासोसँग सम्बन्धित अन्य तथ्यसहितका कागजातसहित निवेदन दिनुपर्नेछ । 

इकाइमा बैंक तथा वित्तीय संस्था नियमन विभागका कार्यकारी निर्देशकले आवश्यकताअनुसार कर्मचारीको व्यवस्थापन गर्नेछन् । इकाइको नेतृत्व गुनासो व्यवस्थापन समितिका सदस्य सचिवका रूपमा काम गर्ने बैंक तथा वित्तीय संस्था नियमन विभागका निर्देशकले गर्नेछन् । 

इकाइले गुनासो प्राप्त गर्न निश्चित फोन, इमेल वा पोर्टलको व्यवस्था गर्नेछ भने कुनै पनि माध्यमबाट इकाइमा प्राप्त भएका गुनासोको लगत राख्ने, गुनासो निवेदकसँग गुनासोसम्बन्धी सम्पूर्ण विवरण लिखितरूपमा माग गर्ने तथा सम्बन्धित विषयमा परामर्श गर्ने र गराउनेसमेतको काम गर्नेछ । प्राप्त गुनासो सम्बन्धमा सम्बन्धित वित्तीय सेवा प्रदायकसँग आवश्यक कागजात तथा लिखित जानकारी वा जवाफ माग गर्ने, वित्तीय सेवा प्रदायकबाट प्राप्त जानकारी र जवाफ गुनासो निवेदकलाई जानकारी गराई गुनासो समाधान हुने÷नहुने एकिन गर्नेछ । 

त्यस्तै इकाइले गुनासोकर्ता तथा सम्बन्धित वित्तीय सेवा प्रदायकलाई आवश्यक छलफल परामर्शका लागि बैंकमा बोलाई छलफल गरी समस्या समाधानको पहल गर्ने र सोको लगतसमेत राख्नेछ । इकाइबाट समाधान हुन नसकेका गुनासो समाधानका लागि गुनासो व्यवस्थापन समिति रहनेछ । सो समितिमा डेपुटी गभर्नर (वरिष्ठ), डेपुटी गभर्नर, राष्ट्र« बैंकका दुई कार्यकारी निर्देशक, अर्थ मन्त्रालयका सहसचिव, अर्थ मन्त्रालय, अध्यक्ष, नेपाल बैंकर्स एसोसिएसनका अध्यक्ष, नेपाल उद्योग वाणिज्य महासंघ र नेपाल राष्ट्र« बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभागका निर्देशक सदस्य सचिव रहने गरी समिति गठन हुनेछ ।

विषम परिस्थितिमा नाफामुखी नहुन बैंकरलाई आग्रह

नेपाल राष्ट्र« बैंकले बैंक तथा वित्तीय संस्थाका सञ्चालक समितिका अध्यक्षसँग अन्तक्र्रिया आयोजना गरेको छ । राष्ट्र« बैंकद्वारा मंगलबार जारी एकीकृत निर्देशन २०७७ मा उल्लेखित नीतिगत व्यवस्था र वित्तीय तथा बैंकिङ क्षेत्रको समसामयिक विषयमा बैंक तथा वित्तीय संस्थाको सञ्चालक समितिका अध्यक्षसँग अन्तक्र्रिया आयोजना गरेको हो । 

गभर्नर महाप्रसाद अधिकारीले कोरोनाबाट प्रभावित अर्थतन्त्रलाई गतिशील बनाउनेगरी बैंकले मौद्रिक नीति जारी गरेको उल्लेख गर्दै उक्त नीतिको कार्यान्वयनमा सहयोग पु¥याउन बैंक तथा वित्तीय संस्थाका सञ्चाल समितिका अध्यक्षसँग आग्रह गर्नुभयो । उहाँले कोरोनाको असरसँगै निम्तिएको असहज परिस्थितिमा अर्थतन्त्र र वित्तीय प्रणालीको सम्बद्र्धनमा टेवा पुग्नेगरी वित्तीय सेवा प्रदान गर्नसमेत आग्रह गर्नुभएको राष्ट्र बैंकले जनाएको छ । 

उहाँले भन्नुयो, ‘यतिबेला बैंक तथा वित्तीय संस्था नाफामुखी हुनुहुँदैन, आफ्नो व्यवसायलाई टिकाउनेतर्फ केन्द्रित भइदिनुस् ।’ वित्तीय प्रणालीमा पर्याप्त तरलता रहेको अवस्थामा अनुत्पादक क्षेत्रतर्पm कर्जा प्रवाह हुनसक्ने उल्लेख गर्दै उहाँले सचेत गराउनुभयो । कार्यक्रममा बैंक तथा वित्तीय संस्था नियमन विभागका कार्यकारी निर्देशक देवकुमार ढकाल, बैंक तथा वित्तीय संस्था परिसंघका अध्यक्ष पवनकुमार गोल्यान, नेपाल बैंकका अध्यक्ष वासुदेव अधिकारी, हिमालयन बैंकका अध्यक्ष तुलसीप्रसाद गौतम, मेगा बैंकका अध्यक्ष भोजबहादुर शाह, लुम्बिनी विकास बैंकका अध्यक्ष दशरथ रिजाल, महालक्ष्मी विकास बैंकका अध्यक्ष राजेश उपाध्याय, नेपाल फाइनान्सका अध्यक्ष हिरेन्द्रमान प्रधान, रिलायन्स फाइनान्स लिमिटेडका अध्यक्ष कुशकुमार मालीलगायतले बोल्नुभएको बताइएको छ ।


Views: 33

सम्बन्धित सामग्री:

चहलपहल बढे पनि व्यापार छैन

: कार्तिक ४, २०७७ (८:४२ AM)