29th October | 2020 | Thursday | 12:03:02 AM

पर्यटन प्रवद्र्धन गर्न ‘बस टू एभरेष्ट टूर’

  POSTED ON : कार्तिक १, २०७७ (९:१६ AM)

पर्यटन प्रवद्र्धन गर्न ‘बस टू एभरेष्ट टूर’

काठमाडौं । ट्रान्स सोलुसन नेपाल र एभरेष्ट एडभेञ्चर एण्ड इन्फोटेन्मेन्ट प्रालिले ‘बस टू एभरेष्ट टूर’ सञ्चालन गर्ने भएका छन् । १२ देशका पर्यटकलाई लक्षित गरी आयोजना गर्न लागिएको टूर प्याकेजमा पर्यटकले बसबाटै सगरमाथाको बेस क्याम्पसम्म यात्रा गर्न पाउनेछन् । यस्तो प्याकेज अप्रिलदेखि सुरु भएर सेप्टेम्बरसम्म ६ महिना चल्नेछ । नेपालको पर्यटनको विकास र प्रवद्र्धन गर्न नयाँ अवधारणा आवश्यक भएकोले यस्तो टूर प्याकेज सञ्चालन गर्न लागिएको आयोजकले शुक्रबार पत्रकार सम्मेलन गरी जानकारी दिएको छ । टुर म्यानेजर ट्रान्स सोलुसन नेपालका डाइरेक्टर धर्मेन्द्र सापकोटाले यस्तो टुर देशअनुसार कम्तीमा २३ दिनदेखि बढीमा ६५ दिनसम्मको हुनेछ । पर्यटकलाई फाइभस्टार होटलमा राख्ने व्यवस्था मिलाइएको छ । विदेशी पर्यटक नेपाल भिœयाउने मुख्य उद्देश्य राखेर सञ्चालन गर्न लागिएको यो टुर प्याकेजमा आएका पर्यटकलाई काठमाडौंदेखि सगरमाथाको बेस क्याम्पसम्म जहाजमा लाने र फर्कंदा आफँै टिकट काटेर वा टुर सञ्चालकसँग समन्वय गरेर बसमा फर्कन पनि पाउने आयोजकले जनाएको छ । यस्तोे टुरमा सबैभन्दा सस्तो २३ रातका लागि प्रतिव्यक्ति ६ हजार ५ सय ५१ अमेरिकी डलर तोकिएको छ । यो खर्चमा पर्यटकले एभरेष्ट–चाइना–उत्तर कोरिया–सोल यात्राका साथै खाने, बस्नेलगायत सुविधा पाउनेछन् । सबैभन्दा महँगो १६ हजार ५ सय २१ अमेरिकी डलरको छ । यो टुर गर्न ५७ दिन लाग्नेछ भने पर्यटकले एभरेष्ट–पोल्याण्ड–मिलान यात्रा गर्न पाउनेछन् । यात्राका लागि टूर सञ्चालकले युरोपको युरो फिट कम्पनीसँग बसको लागि सम्झौता गरेको छ । उक्त कम्पनीसँग १२० वटा अत्याधुनिक सुविधासम्पन्न बस रहेको पनि सापकोटाले बताउनुभयो । टुर प्याकेजअन्तर्गत नेपाली पनि बसमै लण्डनसम्मको यात्रा गर्न पाउने अवसर पाउनेछन् ।


Views: 65