29th November | 2020 | Sunday | 3:39:02 PM

तातोपानी नाकाबाट सामान आयात पुनः शुरु

  POSTED ON : कार्तिक १४, २०७७ (८:३१ AM)

तातोपानी नाकाबाट सामान आयात पुनः शुरु

सिन्धुपाल्चोक । चीनसँग जोडिएको तातोपानी नाका विहीबारबाट पुनः सञ्चालनमा आएको छ । 

नाकाबाट विहीबार एक कन्टेनर सामान भित्रिएको भन्सार कार्यालयले जनाएको छ ।  गत असोज ११ देखि बन्द नाकाबाट बिहीबार एक कन्टेनर स्याउ भित्रिएको हो ।  शुक्रबारबाट कम्तीमा ७ वटा चिनियाँ कन्टेनरले हरेक दिन सामान ल्याएर नेपाली यार्डसम्म उपलब्ध गराउने भन्सार कार्यालयले जनाएको छ । 

सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले नाकाबाट सामग्री आयात शुरु भइसकेको र सडक विभागले सडक मर्मत तत्काल शुरु गर्ने बताउनुभयो । कोभिड १९ को सङ्क्रमण र वर्षायामका कारण सो नाका अवरुद्ध हुँदै आएको थियो । रासस


Views: 53