काठमाडौं । सेयर बजार निरन्तर उकालो लाग्ने क्रम जारी छ । सोमबार पनि बीमा समुह चम्किएसँगै सेयर बजार ३.७ अंकले वृद्धि भएको छ । नेप्से सूचक बढेपनि कारोबार रकम भने घटेको छ। सोमबार साढे ५ अर्बको शेयर कारोबार भएको छ भने आइतबार ६ अर्बभन्दा बढीको शेयर खरिदबिक्री भएको थियो । २०८ कम्पनीको ५ अर्ब ५२ करोड ४८ लाख ३२ हजार रुपैयाँ बराबरको १ करोड ३५ लाख ६० हजार कित्ता शेयर खरिदबिक्री भएको हो । सोमबार नेप्से २२३९.४२ अंकको नयाँ उचाइमा पुगेको छ ।
Views: 44