27th January | 2021 | Wednesday | 7:03:29 PM

बढ्यो सुनको मूल्य

  POSTED ON : पुष २८, २०७७ (१२:२४ PM)

बढ्यो सुनको मूल्य

काठमाडौं । लगातार ओरालो लागेको सुनको मूल्यमा आज भने सामान्य वृद्धि भएको छ । प्रतितोला रु ९२ हजार २०० मा सोमबार कारोवार भएको छापावाला सुन आज भने तोलामा रु ६०० ले वृद्धि भई रु ९२ हजार ८०० पुगेको छ । 

यस्तै तेजाबी सुन प्रतितोला रु ९२ हजार ३०० मा कारोवार हुने गरी मूल्य निर्धारण भएको छ ।  तोलामा  रु ९१ हजार ७०० मा तेजाबी सुन सोमबार कारोवार भएको थियो । यस्तै चाँदीमा आज तोलामा रु २० ले वृद्धि भएको छ ।  रु एक हजार २३० मा सोमबार कारोवार भएको चाँदी आज रु एक हजार २५० मूल्य निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । रासस

Views: 42