27th January | 2021 | Wednesday | 8:43:03 PM

चन्द्रगिरीको आइपीओमा १७ गुणा बढी आवेदन

  POSTED ON : पुष २८, २०७७ (५:४५ PM)

चन्द्रगिरीको आइपीओमा १७ गुणा बढी आवेदन

काठमाडौं । चन्द्रागिरी हिल्सको आइपीओमा १२ लाख ५१ हजार १० जना लगानीकर्ताले २ अर्ब ४४ करोड ७४ लाख ५३ हजार रुपैयाँ बराबरको आवेदन गरेका छन् । कुल १३ लाख ९६ हजार २२ कित्ताको लागि सर्वसाधारणको लागि आइपीओ खुल्ला गरिएको थियो । क्यापिटलका अनुसार १७.५३ गुणा धेरै आवेदन परेको हो । चन्द्रागिरी हिल्सले पुस २४ गतेबाट सर्वसाधारणका लागि कम्पनीले १०० रुपैयाँ दरमा १५ करोड ३४ लाख ९ हजार १०० रुपैयाँ बराबरको कुल १५ लाख ३४ हजार ९१ कित्ता आइपीओ बिक्री खुला गरेको थियो । यसमध्ये ४५ अर्थात ६१ हजार ३६४ कित्ता कम्पनीका कर्मचारी र ५५ अर्थात ७६ हजार ७०५ कित्ता म्युचुअल फन्डलाई छुट्याइएको हो । 

Views: 43