27th January | 2021 | Wednesday | 7:47:11 PM

लकडाउन अन्त्यसँगै तंग्रिँदै अर्थतन्त्र, ५४ प्रतिशत उद्योग पूर्ण सञ्चालनमा

  POSTED ON : पुष २९, २०७७ (९:२५ AM)

लकडाउन अन्त्यसँगै तंग्रिँदै अर्थतन्त्र, ५४ प्रतिशत उद्योग पूर्ण सञ्चालनमा

काठमाडौं । कोरोना लकडाउन र निषेधाज्ञाको अन्त्यसँगै ५४ प्रतिशत उद्योग व्यवसाय पूर्णरूपमा सञ्चालनमा आएका छन् । नेपाल राष्ट्र बैंकको सर्वेक्षणले ५४ प्रतिशत उद्योग÷व्यवसाय पूर्णरूपमा सञ्चालनमा आएको देखाएको हो । कोरोनाअघिकोे तुलनामा गत असारमा २८.७७ प्रतिशत मात्र रहेको उत्पादन ÷कारोबारको अवस्था ५०.५१ प्रतिशत पुगेको छ भने रोजगारीको अवस्थामा समेत सुधार आई ७७.५० प्रतिशतबाट ८७.५१ प्रतिशत पुगेको छ । यसअघि, कोरोनाले व्यवसायमा पारेको असर अध्ययन गर्न राष्ट्र बैंकले २०७७ जेठ २६ गतेदेखि असार १० गतेसम्म ५२ जिल्लाका ६ सय ७४ उद्योगी÷व्यवसायीबाट तथ्यांक संकलन गरी प्रतिवेदन सार्वजनिक गरेको थियो । उक्त सर्वेक्षणले बन्दाबन्दीपछि औसतमा ६१.०३ प्रतिशत उद्योग-व्यवसाय सञ्चालन हुन नसकेको र ४.१ प्रतिशत उद्योग÷व्यवसाय मात्र पूर्णरूपमा सञ्चालनमा रहेको देखाएको थियो ।

सरकारले कोरोना नियन्त्रणका मापदण्ड खुकुलो बनाउँदै लगेका कारण व्यवसाय क्रमिकरूपमा सञ्चालनमा आउन थालेको भन्दै राष्ट्र बैंकले व्यवसाय सञ्चालनसम्बन्धी पछिल्लो वस्तुस्थितिबारे अघिल्लो सर्वेक्षणमा सहभागी व्यवसायीबाट पुनः तथ्यांक संकलन गरी तुलनात्मक अध्ययन गर्न २०७७ कात्तिक १३ देखि २०७७ मंसिर २४ सम्म पुनरावृत्ति सर्वेक्षण गरेको थियो । पुनरावृत्ति सर्वेक्षणले २०७७ असारको सर्वेक्षणको तुलनामा उद्योग÷व्यवसायको सञ्चालन स्थिति तथा उत्पादन र व्यावसायिक कारोबारमा सुधार आएको देखाएको हो । सर्वेक्षण प्रतिवेदनअनुसार

गत असारको तुलनामा उद्योग÷व्यवसायको आकारअनुसार सबै प्रकारका उद्योग÷व्यवसायको सञ्चालन अवस्थामा सुधार आएको देखिएको छ तर साना तथा मझौला उद्योगको तुलनामा अधिकांश ठूला उद्योग सञ्चालन अवस्थामा उल्लेख्य सुधार आएको छ । गत असारको तुलनामा उद्योग÷व्यवसायको उत्पादन÷कारोबारको अवस्थामा सुधार आएको छ । कोरोनाअघिको तुलनामा गत असारमा औसतमा करिब २९ प्रतिशत मात्र उत्पादन÷कारोबार रहेकोमा मंसिरसम्म आइपुग्दा यस्तो उत्पादन बढेर औसतमा ५० प्रतिशतभन्दा बढी पुगेको छ । गत असारको तुलनामा अध्ययनले समेटेका सबै क्षेत्रको उत्पादन÷कारोबार बढेको पाइएको छ । गत असारको तुलनामा उद्योग÷व्यवसायले प्रदान गर्ने रोजगारीमा समेत सुधार भए पनि कोरोनाअघिको अवस्थामा भने पुग्न सकेको छैन । कोरोना अगाडिको तुलनामा गत असारमा ७७.५ प्रतिशत रोजगारी प्रदान गरेका उद्योग÷व्यवसायले मंसिरमा ८७.५ प्रतिशत रोजगारी प्रदान गरेको पाइएको छ । मझौला उद्योगले प्रदान गरेको रोजगारीदर भने असारको तुलनामा घटेको देखिएको छ । मझौला उद्योगको नमुना संख्यामा होटल तथा रेष्टुरेन्ट क्षेत्रका उद्योग÷व्यवसायको बाहुल्यता रहेकोले मझौला उद्योगले प्रदान गर्ने रोजगारीको दरमा थप कटौती हुन गएको राष्ट्र बैंकको अनुमान छ । त्यस्तै, गत असारको तुलनामा उद्योग÷व्यवसायको औसत तलब—ज्याला खर्चमा वृद्धि भएको छ । कोरोना अगाडिको तुलनामा गत असारमा ६३.४ प्रतिशत रहेको यस्तो खर्च मंसिरमा ७०.४ प्रतिशत पुगेको देखिएको छ । तर असारको तुलनामा खानी तथा उत्खनन, सञ्चार र शिक्षा क्षेत्रका उद्योग÷व्यवसायको औसत तलब—ज्याला खर्च भने घटेको छ । गत असारको तुलनामा उद्योग÷व्यवसायको आकारअनुसार सबै प्रकारका उद्योग÷व्यवसायको औसत तलब—ज्याला खर्च भने वृद्धि भएको छ ।

सर्वेक्षणमा सहभागीमध्ये धेरैले नेपाल राष्ट्र बैंकको निर्देशनअनुसार ब्याजदरमा सहुलियत प्राप्त गरेको देखिएको छ । सर्वेक्षणमा सहभागी अधिकांश उद्योग÷व्यवसायले बजार माग घटेर कारोबारमा ह्रास आएको, सञ्चालन खर्च अर्थात् तलब–ज्याला, घरजग्गा भाडा तथा ब्याज खर्च धान्न कठिनाइ भएको, थप कर्जा प्राप्त गर्न कठिनाइ भएको लगायतको गुनासो गरेका छन् । 

सर्वेक्षणमा औद्योगिक वर्गीकरणअनुसार थोक तथा खुद्रा व्यापारबाट सर्वाधिक २९.३ प्रतिशत, उत्पादनमूलक उद्योगबाट १७.२ प्रतिशत र होटल तथा रेष्टुरेन्टबाट १६.७ प्रतिशत नमुना प्राप्त भएको प्रतिवेदनमा उल्लेख छ । सबैभन्दा कम विद्युत्, ग्यास तथा पानी क्षेत्रबाट ०.५ प्रतिशत र खानी तथा उत्खनन क्षेत्रबाट करिब १ प्रतिशतको सहभागिता रहेको छ । सन् २०१९ को डिसेम्बरबाट सुरु कोरोना महामारीका कारण विश्व अर्थतन्त्रले ठूलै क्षति व्यहोर्नुप¥यो । नेपालले पनि महामारी रोकथामका लागि चैत ११ गतेदेखि बन्दाबन्दीलगायत उपाय अवलम्बन ग¥यो । कोरोनाकै कारण गत आव २०७६÷७७ मा नेपालको आर्थिक वृद्धि पनि न्यून रहन गयो ।

आयातमा स्वदेशी सेवा प्रदायकलाई प्राथमिकता

सामान आयात गर्दा गरिने बिमा तथा ढुवानीमा स्वदेशी सेवा प्रदायकलाई प्राथमिकता दिनुपर्ने भएको छ । नेपालर राष्ट्र बैंकले स्वदेशी बिमा तथा ढुवानी कम्पनीलाई ध्यानमा राखेर यस्तो व्यवस्था गरेको छ । मंगलबार विदेशी विनिमय कारोबारसम्बन्धी एकीकृत निर्देशनमा संशोधन गर्दै सामान आयात गर्दा गरिने बिमा सम्भव भएसम्म स्वदेशी कम्पनीमार्फत नै गर्नुपर्ने व्यवस्था गरेको हो । त्यसैगरी, सामान आयात गर्दा ढुवानीसम्बन्धी सेवाका लागि पनि सम्भव भएसम्म स्वदेशी सेवा प्रदायकबाट सेवा उपयोग गर्नुपर्नेछ । यसअघि भारतबाहेक अन्य मुलुकबाट सिआईएफ बाहेकका मूल्यमा प्रतीतपत्रमार्फत आयात गर्दा सम्भव भएसम्म नेपाली बिमा कम्पनीबाट बिमा गराउनुपर्ने व्यवस्था थियो ।


Views: 47