काठमाडौँ । नेपाल आयल निगमले
गत आर्थिक वर्ष २०७६÷७७ मा खुद नाफा रु १२ अर्ब ९१
करोड ४८ लाख गरेको जनाएको छ । निगम सञ्चालक समितिको ३९औंँ वार्षिक साधारणसभामा
निगम सञ्चालक समितिका अध्यक्ष एवं उद्योग, वाणिज्य तथा आपूर्ति सचिव वैकुण्ठ अर्यालले उक्त प्रतिवेदन
प्रस्तुत गर्नुभएको निगमले जनाएको छ ।
निगमले नाफा रकमबाट निगमका
शेयरधनीलाई चुक्ता पूँजीको २० प्रतिशत बराबरको नगद लाभांश रु दुई अर्ब २० करोड
वितरण गर्न साधारणसभाले स्वीकृति प्रदान गरेको थियो । निगमका प्रवक्ता विनितमणि
उपाध्यायका अनुसार आव २०७६÷७७ को लेखापरीक्षणसमेतका
वित्तीय विवरण पहिलो पटक नेपाल वित्त रिपोर्टिङ मापदण्ड (एनएफआरएस) अनुसार तयार
पारिएको हो ।
निगमका कार्यकारी निर्देशक
सुरेन्द्रकुमार पौडेलले साधारणसभामा निगमले गरिरहेका सुधारका विविध पक्षबारे
जानकारी गराउँदै निगमलाई पूर्ण कप्युटरकृत स्वचालित विधिमा रुपान्तरण गरी देशकै
नमूनायोग्य संस्थामा रुपान्तरण गर्न प्राप्त सहयोग र हौसलाप्रति सबैमा आभार व्यक्त
गर्नुभएको थियो । निगम व्यवस्थापनले निगमको साधारणसभा सम्पन्न गर्न सहयोग पु¥याउने उद्योगमन्त्री लेखराज
भट्ट र राज्यमन्त्री विमला विक, सचिव डा अर्याल, शेयरधनी प्रतिनिधि, सञ्चालक समितिका पदाधिकारी, लेखापरीक्षक, निगमका कर्मचारी एवं
व्यवसायीलाई धन्यवादसमेत दिएको प्रवक्ता उपाध्यायले जानकारी दिनुभयो । रासस
Views: 44