27th January | 2021 | Wednesday | 6:10:16 PM

नयाँ उचाइमा नेप्से

  POSTED ON : पुष २९, २०७७ (३:३८ PM)

नयाँ उचाइमा नेप्से

काठमाडौं । बुुधबार नेप्से १८ दसमलव ८१ अंकले बढेर २२ सय ८६ दसमलव ५४ अंकको उचाइमा पुगेको छ । कुुल कारोवार रकम पाँच अर्ब ९१ करोड ४३ लाख ८९ हजार दुुई सय ६१ रुपैयाँ रहेको छ । नेप्सेमा आज १२ वटा समुहको कारोवार हुुंदा बाँणिज्य बैंक र होटल समुहले गुमाएपनि बाँकी समुहको सुचक बढेको छ । ति मध्ये बिकास बैंक समुहको सुचक ३० दसमलव ७९ अंकले बढेर २३ सय ८७ दसमलव छ अंकमा पुुग्दा निर्जिवन बीमा समुहको सुचक पनि एक सय ११ दसमलव १५ अंकले बढेर १० हजार छ सय ७६ दसमलव ८१ अंकमा पुगेको छ ।

आज सर्वाधिक कमाउने कम्पनीहरुमा पहिलो स्थानमा कर्पोरेट डेभलपमेन्ट बैंक रहेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा मल्टीपर्पोस फिनान्स परेको छ । यसैगरी बढी रकम कारोवार गर्ने कम्पनीहरुको सुचीमा भने पहिलो स्थानमा नेपाल टेलिकम रहेको छ ।  


Views: 50