5th March | 2021 | Friday | 8:26:48 AM

इजरायलमा रोजगारी खुला

  POSTED ON : माघ ९, २०७७ (९:१९ AM)

इजरायलमा रोजगारी खुला

काठमाडौं । नेपाल र इजरायलबीचको इजरायलको विशिष्ट श्रम बजारमा नेपाली कामदारको अस्थायी रोजगारीसम्बन्धी सम्झौता कार्यान्वयनका लागि दुई देशबीच ‘इम्प्लिमेन्टेसन प्रोटोकल’ मा हस्ताक्षर भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय बिहीबार आयोजित कार्यक्रममा वैदेशिक रोजगार विभागका महानिर्देशक कुमार दाहाल र इजरायलका नेपालस्थित राजदूत खनान गोडेरले प्रोटोकलमा हस्ताक्षर गर्नुभएको हो । हस्ताक्षरसँगै इजरायलको विशिष्ट श्रम बजार नेपाली युवाका लागि खुला भएको छ । सम्झौताअनुसार ५ सय नेपाली युवा केयर गिभर क्षेत्रमा रोजगारीका लागि इजरायल जान पाउने भएका छन् । दुई देशबीचको सरकार–सरकार संयन्त्र (जिटुजी) बाट नेपालीहरू इजरायल जानेछन् । पहिलो क्षेत्रका रूपमा इजरायलको नर्सिङ क्षेत्र (अस्पताल, नर्सिङ होम, दिवा स्याहार केन्द्रलगायत) मा रोजगारीको अवसर प्राप्त हुने बताइएको छ । आम्दानी, सामाजिक सुरक्षा तथा रोजगारीजन्य श्रमिक स्वास्थ्य सुरक्षाका दृष्टिले इजरायल विश्वकै उत्कृष्ट मुलुकमा पर्छ । इजरायलमा करिब २ हजार ५ सय नेपाली रहेको इजरायलस्थित नेपाली दूतावासले जनाएको छ ।  नेपाल सरकारले इजरायलमा दक्ष र सीपयुक्त श्रमिक पठाउन कार्यविधिसमेमत बनाएको छ । नेपालस्थित इजरायली राजदूत गोडेरले नेपाली युवायुवतीले इजरायली नागरिकसरह सेवासुविधा तथा पारिश्रमिक पाउने बताउनुभएको छ । 


Views: 101

सम्बन्धित सामग्री:

अब मल अभाव नहुने सरकारको दाबी

: फाल्गुन २१, २०७७ (८:१४ AM)