2nd March | 2021 | Tuesday | 7:59:32 AM

चन्द्रागिरी हिल्सको आइपीओ बाँडफाँड (नतिजा हेर्ने तरिकासहित)

  POSTED ON : माघ ९, २०७७ (१०:५७ AM)

चन्द्रागिरी हिल्सको आइपीओ बाँडफाँड (नतिजा हेर्ने तरिकासहित)

काठमाडौं । चन्द्रागिरी हिल्सको आइपीओ बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल नक्साल काठमाडौंमा बाँडफाँड भएको छ । कम्पनीको आइपीओमा कुल १२ लाख ५६ हजार ७४६ जनाले आवेदन दिएको बिक्री प्रबन्धकले जनाएको छ । त्यसमध्ये ४५ हजार ६३१ वटा आवेदन रद्ध भएका छन् भने १२ लाख ११ हजार ११५ वटा योग्य आबेदन परेका छन् । यसआधारमा सर्वसाधारणलाई बिक्री गरिएको १३ लाख ९६ हजार २२ कित्तालाई आधार मान्दा १ लाख ३९ हजार ६०२ जना आवेदकले १० कित्ताका दरले सेयर हात पार्ने देखिएको छ । १० लाख ७१ हजार ५१३ जनाको भने हात खाली भएको हो ।

चन्द्रागिरी हिल्सले पुस २४ गतेबाट २८ गतेसम्म  सर्वसाधारणका लागि १०० रुपैयाँ दरमा १५ करोड ३४ लाख ९ हजार १०० रुपैयाँ बराबरको कुल १५ लाख ३४ हजार ९१ कित्ता आइपीओ निष्कासन गरेको थियो । यसमध्ये ४५ अर्थात ६१ हजार ३६४ कित्ता कम्पनीका कर्मचारी र ५५ अर्थात ७६ हजार ७०५ कित्ता म्युचुअल फन्डलाई छुट्याइएको थियो ।

नतिजा यसरी हेर्नुहोस्

आफ्नो मेरो शेयर एकाउन्ट खोल्नुहोस

My ASBA मा जानुहोस।
अव माथितिर देखिने ४ वटा अप्सनहरुमध्ये Application Report मा click गर्नुहोस।

अब त्यहाँ आफूले कुन कम्पनीको सेयरको रिजल्ट हेर्न खोजेको हो त्यो कम्पनीको नाम देखिन्छ। त्यसको दायाँतिर REPORT भन्ने अप्सन देखिन्छ।
REPORT
भन्ने अप्सनमा क्लिक गर्नुहोस्। अब तपाइले भरेको सेयरको सम्पूर्ण विवरण देखिन्छ।
यो विवरणको अन्तिमतिर STATUS भन्ने देखिन्छ।
यदि Status मा  Allotted देखिएमा तपाईदलाइ उक्त कम्पनीकोसेयर परेको छ भन्ने बुझ्नुपर्छ। Allotted Quantity मा १० लेखेको भए १० कित्ता परेको बुझिन्छ।
यदि Status मा Not Allotted देखिएमा सेयर आफूलाइ नपरेको भनेर बुझ्नुपर्छ।


Views: 101

सम्बन्धित सामग्री:

नेप्सेमा पहिरो

: फाल्गुन १६, २०७७ (६:०६ PM)