5th March | 2021 | Friday | 8:18:00 AM

स्वदेश मोहले उद्यमशील बनेका युवा

लेखनाथ पोखरेल   POSTED ON : माघ ११, २०७७ (१:४३ PM)

स्वदेश मोहले उद्यमशील बनेका युवा

काठमाडौं । अधिकांश नेपाली युवाहरूमा स्वदेशको रोजगार र स्वरोजगरभन्दा पनि विदेशको रोजगारीमा आकर्षित हुने प्रवृत्ति नौलो होइन । शिक्षित युवा हुन् वा अक्षित दुवै वर्गका युवा युवतीहरूमा विदेश मोह देखिने गरेको छ । विदेशमा जस्तोसुकै काम गर्न पनि तयार हुने तर स्वदेशमा राम्रै काम पनि गर्न नचाहने   प्रवृत्तिका कारण नेपाली समाजका साथै राष्ट्रिय अर्थतन्त्रमासमेत गम्भीर असर परेको छ । साँच्चै भन्ने हो भने विदेश मोह एक किसिमले नेपालीहरूको संस्कारकै बन्न थालेको छ, जुन राष्ट्र र समाजका लागि खतराको संकेत हो । देशका ऊर्जाशील युवा मुलुकको समृद्धिमा लाग्नुपर्नेमा विदेश जाने र उतै रमाउने प्रवृत्तिलाई चिर्नु अहिलेको अवस्थामा चुनौतीपूर्ण रहेको छ ।


यति हुँदाहुँदै पनि पछिल्लो समय राष्ट्र, राष्ट्रियता र राष्ट्रिय स्वाभिमानप्रति समर्पित केही युवा जमात विदेशको रोजगारीभन्दा स्वदेशकै स्वाभिमानपूर्ण रोजगारी र स्वरोजगारीमा लाग्ने क्रम पनि नदेखिएको होइन । विदेशको रोजगारी त्यागेर स्वदेशमै उद्यम गर्न फर्किने युवा जमात पनि रहेको छ । त्यस्तो युवा जमात अन्य युवाहरूको प्रेरणाका स्रोतसमेत बन्ने गरेका छन् ।

यस्तै, युवाहरूको प्रेरणाको स्रोत बन्नुभएको छ, निर्मल सिग्देल । कोरोना महामारीको समयमा व्यवसायमा हात हाल्नुभएका सिग्देलको व्यवसाय कोरोनाबीच नै झांगिँदै गयो । सिग्देलले गत दशैंको घटस्थापनामा सोरुम सुरु भएको हो । मोरङको उर्लाबारीमा जन्मिनुभएका सिग्देलले युनाइटेड कलेजबाट मास्टर्स डिग्री गर्नुभएको छ । ३ महिनाअघि ललितपुरको महालक्ष्मीस्थानमा टिभिएस मोटरसाइकलको डिलर स्थापना गर्नुभएका सिग्देलले यसबीचमा ३ सयभन्दा बढी स्कुटर तथा मोटरसाइकल बिक्री गरिसक्नुभएको छ । त्यसो त त्यत्तिकै उहाँ कोरोना जोखिममा पनि झण्डै ३ करोडको लगानी युनि राइड नामक डिलर स्थापना गरेर छोटो समयमै सफलताको शिखरतर्फ लाग्नुभएको होइन । लामो समयदेखि सोही क्षेत्रको अनुभवका कारण उहाँले छोटो समयमै सफलता प्राप्त गर्न सक्नुभएको हो । महालक्ष्मीस्थानमा आकर्षक शोरुम र सर्भिस सेन्टर सञ्चालनमा रहेको छ । महालक्ष्मी स्थान तथा आसपासका क्षेत्रलाई लक्षित गरी सुरु गरिएको डिलरमा टिभिएस खरिद गर्ने ग्राहकको आकर्षण देखिएको सिग्देल बताउनुहुन्छ । बिक्री, बिक्रीपछिको सेवा र स्पेयर्स पार्टसको सुविधा सहजरुपमा उपलब्ध गराउने गरी सोरुम सुरु गरिएको उहाँले बताउनुभयो । सिग्देलका अनुसार टिभिएस बाइकमा अपाचे १६० र २०० सिसी र स्कुटरमा टिभिएस एन्टर्क बढी बिक्री भएको सिग्देलले जानकारी दिनुभयो । 

सिग्देलका अनुसार टिभिएस एन्टर्कमा कल आइडी सुविधाका साथै माइलेज पनि राम्रो रहेको छ । मोडल पनि आकर्षण रहेको छ । टिभिएसको सर्वोत्कृष्ट डिलर बन्ने लक्ष्यका साथ आफू अगाडि बढेको सिग्देल बताउनुहुन्छ । स्मार्ट टेक्नोलोजी र राम्रो फरफर्मेन्सका कारण टिभिएस वाइक तथा स्कुटर बढी बिक्री भएको उहाँको दाबी छ । पहिलो डिलरको सफलतासँगै सिग्देलले काठमाडौंमा अन्य स्थानमा पनि पनि टिभिएस डिलर विस्तार गर्ने सोच बनाउनुभएको छ । चालु आर्थिक वर्षमा टिभिएस बाइक र स्कुटर गरी एक हजार संख्यामा बिक्री गर्ने लक्ष्य रहेको उहाँले हिमालय टाइम्सलाई बताउनुभयो ।

टिभिएका लागि नेपालको आधिकारिक बिक्रेता जगदम्बा मोटर्स हो । जगदम्बा मोटर्सका भाइस प्रेसिडेन्ट दीपककुमार अग्रवालको प्रत्यक्ष सहयोगमा आफूले टिभिएसको डिलर लिएको र अपेक्षाअनुसार सफलता प्राप्त गरेको सिग्देलको भनाइ छ । सिग्देल यसअघि चौधरी ग्रुपको टिभिएस वाइकको स्पेयर पार्ट विभागका कार्यरत हुनुहुन्थ्यो । टिभिएस जगदम्बा मोटर्सको स्वामित्वमा आएको ५ वर्ष मात्रै भएको छ । 

करिब १६ वर्षसम्म चौधरी ग्रुपमै काम गर्नुभयो । तर चौधरी ग्रुप आधिकारिक बिक्रेता भए पनि टिभिएस वाइक तथा स्कुटरको बजार भने खासै राम्रो थिएन । त्यसो त टिभिएस वाइक कम्पनीले सीमित मोडलमात्रै उत्पादन गरेका कारण पनि टिभिएसको बजारले फस्टाउन नसकेको सिग्देल बताउनुहुन्छ । चौधरी गु्रपले छाडेपछि भने कम्पनीले धेरै मोडलका वाइक तथा स्कुटर बजारमा ल्याएको र माग पनि बढेको उहाँका भनाइ छ ।


Views: 441

सम्बन्धित सामग्री:

अब मल अभाव नहुने सरकारको दाबी

: फाल्गुन २१, २०७७ (८:१४ AM)