4th March | 2021 | Thursday | 5:04:35 AM

व्यवसायको लागत खर्च घटाऔं : महासंघ

  POSTED ON : माघ १३, २०७७ (९:३४ AM)

व्यवसायको लागत खर्च घटाऔं : महासंघ

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले प्रतिस्पर्धी क्षमताका लागि व्यवसायको लागत घटाउनुपर्ने जनाएको छ । महासंघ अध्यक्ष शेखर गोल्छाले व्यवसाय लागत घटाउन नसकेसम्म उद्योग व्यवसायलाई प्रतिस्पर्धी बनाएर लैजान नसकिने भन्दै व्यवसाय लागत घटाउनेतर्फ सिंगो राज्यको ध्यान जानुपर्ने बताउनुभयो । नेपालका उद्योग धन्दाका समस्या करिब ७ दशकअघिकै सेरोफेरोमा रहेको गोल्छाले तुलनात्मक लाभका क्षेत्रमै उद्योगधन्दा विकास गर्नुपर्नेमा जोड दिनुभएको छ । सोमबार महासंघ सदस्य भरतराज आचार्यको सभापतित्वमा गठित उद्योग समिति विस्तारका क्रममा अध्यक्ष गोल्छाले यस्तो जोड दिनुभएको हो । महासंघको उद्योग समितिको गहन जिम्मेवारी रहेको भन्दै मुलुकभित्र उद्योग व्यवसायको विस्तारमा सरकारलाई के कस्तो सुझाव दिँदा कार्यान्वयन पनि हुन्छ र उद्योगधन्दा पनि फस्टाउँछन् त्यसमा निरन्तर गृहकार्य गर्न आग्रहसमेत गर्नुभयो । समितिका सभापति आचार्यको अध्यक्षतामा बसेको बैठकले उद्योगसंग सम्बन्धित नीतिगत सुधार, अनुसन्धान तथा तथ्यांक विश्लेषण, कोभिडलगायत अन्य कारणबाट थला परेका उद्योग सञ्चालनका लागि तत्काल सम्बोधन हुनुपर्ने मुद्दाहरूमा काम गर्दै जाने निर्णय गरेको छ ।

भरतराज आचार्यको सभापतित्वमा गठित उद्योग समितिको सहसभापतिमा महासंघका सदस्य सुशील थापा चयन हुनुभएको छ । सदस्यमा पञ्चकन्या ग्रुपका उज्जवल श्रेष्ठ, प्लाष्टिक तथा टेक्सटाइल इण्डष्ट्रिजका वीरेन्द्र साह, पेट्रोकेमिकल तथा नेपाल ग्यास इण्डष्ट्रिजका गोकुल भण्डारी, स्ट्राटेजिक म्यानेजमेन्ट एक्सपोर्टका आशिष शर्मा, प्रगति टेक्सटाइलका जीतेन्द्र लोहिया, नेपाल बोटल वाटर इण्डष्ट्रिज एसोसिएसनका अध्यक्ष सुवास भण्डारी, नेपाल औषधि उत्पादक संघका विप्लभ अधिकारी रहनुभएको छ । आमन्त्रित सदस्यमा महासंघको कर तथा राजस्व समितिका सभापति सन्दीपकुमार अग्रवाल, न्यौपाने एण्ड ल एसोसिएटका अञ्जन न्यौपाने, नेपाल लिभर लिमिटेडका प्रतिक श्रीवास्तव, एसआर स्टिलका सुरज उप्रेती, नेपाल पश्मिना उद्योग संघका धनप्रसाद लामिछाने, ट्रान्सवेल्ड नेपाल प्रालिका अमुल श्रेष्ठ, यति डिष्टिलरीका अभिषेक श्रेष्ठ, एचडी इण्डष्ट्रिजका ईश्वर जिसी, मारुती फर्माका प्रभात रुङटा, बबरमहल हेरिटेजका विराट शमशेर जव राणा, फुटवेयर इण्डष्ट्रिज एसोसिएसनका कृष्ण फुयाल, रामेछाप उद्योग वाणिज्य संघका पूर्व–अध्यक्ष पशुपतिबहादुर खड्का, तुलसीपुर उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष विमल रिजाल र चार्टर्ड एकाउण्टेन्ट विशेषविभु आचार्य रहनुभएको छ । सल्लाहकारमा अग्नि सिमेन्टका डा. ई. तारा पोखरेल, ॐ ग्यासका हरिप्रसाद पाठक, नेपाल उद्योग वाणिज्य महासंघका पूर्व–सदस्यद्वय रामशरण थपलिया र शैलेन्द्रलाल प्रधान र सम्राट् सिमेन्टका मुकुन्द तिमिल्सिना रहनुभएको छ । 

कर तथा राजस्व समिति पनि विस्तार

महासंघका सदस्य सन्दीपकुमार अग्रवालको सभापतित्वमा गठित कर तथा राजस्व समिति विस्तार भएको छ । समितिको सहसपति सन्दीप अग्रवाल, गोविन्द ढुंगेल, पूर्व–सदस्य कृष्णप्रसाद दुलाल र लक्ष्मी ग्रुपका निर्देशक निरञ्जन श्रेष्ठ चयन हुनुभएको छ । 

त्यसैगरी, समितिका सदस्यमा फ्रेट फरवार्डर एसोसिएसन अफ नेपालका प्रथम उपाध्यक्ष राजेन्द्र संग्रौला र नेपाल औषधि उत्पादक संघका निवर्तमान अध्यक्ष दीपकप्रसाद दाहाल रहनुभएको छ । आमन्त्रित सदस्यमा महासंघको उद्योग समितिका सभापति भरतराज आचार्य, निर्यात प्रवद्र्धन समितिका सभापति मनिषलाल प्रधान, व्यापार समितिका सभापति विजय सिंह वैद्य, अन्तर्राष्ट्रिय लगानी प्रवद्र्धन समितिका सभापति आनन्दकुमार वगाडिया, बैक वित्तीय तथा बिमा समितिका सभापति साहिल अग्रवाल, स्थल यातायात तथा पारवहन समितिका सभापति प्रकाश सिंह कार्की, सदस्य गोपाल केडिया, हरि भण्डारी, नेपाल समुद्रपार निकासी पैठारी संघका विनोद सेठिया, नरेन्द्र गुप्ता, नेपाल भारत उद्योग वाणिज्य संघका सदस्य अभिमन्यु पोद्धार, नेपाल लिभर लिमिटेडका कार्यकारी अधिकृत, विकास अग्रवाल, गान्धी एण्ड एसोसिएटसका म्यानेजिङ एसोसिएट्स शिखर पण्डित र इम्पेरियल सेक्युरिटिज कम्पनीका प्रकाश तिवारी रहनुभएको छ । त्यस्तै, एसआर पाण्डे एण्ड कम्पनीका एफसिए सुदर्शनराज पाण्डे, नेपालगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष अब्दुल वाहिद मनसुरी, भन्सार एजेण्ट महासंघका अध्यक्ष शान्तराज शर्मा, सिद्धार्थनगर उद्योग वाणिज्य संघका अध्यक्ष कुलप्रसाद न्यौपाने, जनकपुर उद्योग वाणिज्य संघका अध्यक्ष ललितकुमार साह, मेची उद्योग वाणिज्य संघका कपिल क्षेत्री र नेपाल उद्योग वाणिज्य संघका उपाध्यक्ष राजेन्द्र शेरचना समितिका विशेष आमन्त्रित सदस्य रहनुभएको छ । सल्लाहकारमा महासंघका पूर्व–सदस्य शैलेन्द्र गुरागाईं, नेपाल पेय पदार्थ तथा चुरोट उद्योग संघका अध्यक्ष रमेश श्रेष्ठ, अडिटर्स एसोसिएसन अफ नेपालका अध्यक्ष, एसोसिएसन अफ चार्टर्ड एकाउण्टस अफ नेपालका अध्यक्ष आनन्दराज शर्मा वाग्ले, महासंघका कानुनी सल्लाहकार दीपक घिमिरे, अधिवक्ता रमेशकुमार कर्ण, महासंघका पूर्व–सदस्य सुनिल गोपाल श्रेष्ठ हुनुहुन्छ । 


Views: 71